12.07.2016 - UNESCO Office in Kathmandu

Agents for Change : 50 Female Champions Make Gender Equality Their Priority परिवर्तनका संवाहक ५० महिला अभियन्ताहरुको प्राथमिकतामा लैंगिक समानता

(C) UNESCO -Female champions for empowerment of adolescent girls and young women

With support from UNESCO, 50 Female Champions are working on several projects promoting girls' and women's empowerment across Nepal. This unique group of women has been advocating to ensure quality education for all and has made gender equality its own personal priority.

UNESCO is currently reviewing the 50 Female Champions projects and financial proposals in order to kick off the initiatives in the near future.

Projects are creative and have been strategically conceived to target the eradication of societal taboos concerning women in Nepal. Projects have the common objective to contribute to girls’ and women’s empowerment across the country. 

Female Champions representing different social and economic backgrounds have been trained in the many positive ways that women can lead and be agents for change within their own communities. 

Various workshops have been held over the past couple of months, focusing on the core strategies needed to raise awareness on the challenges women face, and send empowering messages across society.

Experts Tap Raj Pant and Karabi Baruah helped this group of motivated women to understand more about the education issues women are facing.

The 50 Female Champions created a series of posters containing catching phrases boosting self-confidence and encouraging women empowerment, which are now ready to be distributed across Nepal.

Related links:

Project: Empowering adolescent girls and women: Promoting equitable education, literacy and lifelong learning

News: Fifty female champions fellowship: Building a future we want

Photographs: https://www.flickr.com/photos/organize/?start_tab=new_set 

 

परिवर्तनका संवाहक ५० महिला अभियन्ताहरुको प्राथमिकतामा लैंगिक समानता

युनेस्कोको सहयोगमा ५० जना महिला अभियन्ताहरु नेपालका विभिन्न ठाउँहरुमा सञ्चालित परियोजनाहरुमा आवद्ध भइ बालिका तथा महिला सशक्तिकरणको प्रवर्धनका लागि क्रियाशिल रहेका छन् । महिला अभियन्ताहरुको यो विशिष्ट समूहले सवैका लागि गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि वकालत गर्दै लैंगिक समानतालाई आफ्नो व्यक्तिगत प्राथमिकतामा राखेको छ ।

युनेस्कोले यसप्रकारको प्रयासलाई भविष्यमा समेत सञ्चालन गर्नका लागि ५० महिला अभियन्ता परियोजना तथा आर्थिक प्रस्तावपत्रलाई पुनरावलोकन गरिरहेको छ ।

परियोजनाहरु रचनात्मक हुनुका साथै नेपालमा महिलाहरुसँग सम्बन्धित विभेदकारी सामाजिक मूल्यमान्यताहरुलाई हटाउने रणनैतिक उद्धेश्यलाई ध्यानमा राखि बनाइएका छन् । विभिन्न सामाजिक तथा आर्थिक पृष्ठभूमिबाट आएका महिला अभियन्ताहरुलाई महिलाहरुले पनि नेतृत्व लिन सक्छन् र उनीहरु आफ्नै समुदायमा परिवर्तनका संवाहक बन्न सक्छन् भनि आत्मविश्वास जगाउनका लागि विभिन्न सकरात्मक उपायहरुका बारेमा तालिम दिइएको छ ।

महिलाहरुले सामना गरिरहेका विभिन्न चुनौतिहरुका बारेमा चेतना जगाउन तथा समाजमा सशक्तिकरण सम्बन्धी सन्देश प्रवाह गर्नका लागि आवश्यक पर्ने सार रणनैतिक उपायहरुमा केन्द्रित गर्दै गएका केहि महिनाहरुमा विभिन्न कार्यशालाहरु सम्पन्न भएका छन् ।

उत्प्रेरित महिलाहरुको यो समूहलाई विज्ञद्वय तपराज पन्त र कारवी वरुहाले महिलाहरुले सामना गरिरहेमा शैक्षिक मुद्दाहरु बारे राम्रोसंग बुझ्न सहयोग गर्नु भएको थियो ।

पचास महिला अभियन्ताहरुले मन छुने तथा महिलाहरुको आत्मविश्वास जगाउन र सशक्तिकरणका लागि अभिप्रेरित गर्ने संदेशहरु भएका थुपै्र संदेशमूलक पोष्टरहरु बनाएका छन् जसलाई निकट भविष्यमा नेपालभरि वितरण गरिनेछ ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top