20.08.2015 - UNESCO Office in Kathmandu

Reconstruction of historic settlements: an interaction (ऐतिहासिक बस्तीहरूको पुनर्निर्माणः एक अन्तर्कृया)

© UNESCO\D. Andolfatto -One of the heritage houses damaged by the earthquake in Sankhu, Kathmandu

In order to discuss reconstruction of historic settlements such as Sankhu in Kathmandu Valley which have tremendous cultural importance, UNESCO and the Department of Archaeology which have been working closely in post-earthquake response through the Earthquake Response Coordination Office, had organized an interaction on “Post Earthquake Reconstruction of Historic Settlements” in Kathmandu on 31 July 2015.

Archaeologist, architects, engineers, community representatives and the Department of Archaeology officials participated in the programme. 

The event began with a presentation by the UNESCO team on the post-earthquake scenario of Sankhu.  The presentation compared Sankhu before and after the earthquake which shed light on the devastating conditions on human lives, vernacular architecture and cultural sites in the region. Similarly, the presentation by Amrit Shrestha from Sakwo Vintuna Pucha, a local youth group in Sankhu, focused on the efforts by the group, which was able to gather community members and improvise their own way of helping after the earthquake. 

Representatives from highly affected historic settlements in the Kathmandu Valley namely Bungamati and Khokana expressed their grief due to the earthquake and their excitement for the reconstruction process. 

Prem Bhakta Maharjan from Bungamati said, “Reconstruction is not just about building new houses and shrines, it is also about restoring the social dynamics of the village as it was before the earthquake.” Other concerns included whether the style of building being reconstructed will be traditional or modern, how they will keep their intangible culture alive when most of the village inhabitants had to relocate themselves temporarily and understanding what reconstruction meant to them and what would it constitute.

During the discussion, the experts and the community representatives shared their knowledge on social and cultural issues regarding the reconstruction and the question about the public safety and the earthquake resistant building were also raised. This allowed for a space where infrastructure and cultural reconstruction should both be prioritized for the well-being of the communities. 

The panel reached to the conclusions for holistic reconstruction process for the communities that were represented. Firstly, reconstruction programs should be executed based on the vision and the priority of the community and its members. Secondly, all the historic settlements are part of the new municipalities so the experts should closely collaborate with the local authority while making the new building bylaws in these historical settlements in order to conserve the historic structures and urban fabric. And, lastly, the technical experts should be involved to find solutions to build earthquake resistant buildings considering traditional techniques.

ऐतिहासिक बस्तीहरूको पुनर्निर्माणः एक अन्तर्कृया

काठमाडौं उपत्यकाको साँखु जस्तो साँस्कृतिक महत्वका ऐतिहासिक बस्तीहरूको पुनर्निर्माण गर्ने उद्देश्यले भूकम्प प्रतिकार्य समन्वय समिति मार्फत सहकार्यरत  युनेस्को तथा पुरातत्व विभागद्वारा संयुक्त रुपमा गत साउन १५ गतेका दिन भूकम्प पश्चात ऐतिहासिक बस्तीहरूको पुनर्निर्माणविषयक एक अन्तर्कृया कार्यक्रमको आयोजना सम्पन्न गरियो ।

उक्त कार्यक्रममा पुरातत्वविद्, आर्किटेक्ट, इन्जिनीयर, सामुदायिक प्रतिनिधिहरू तथा पुरातत्व विभागको सहभागिता रहेको थियो ।

सो कार्यक्रम साँखुको भूकम्पोत्तर अवस्थाबारे यूनेस्कोद्वारा तयार गरिएको प्रस्तुतिबाट शुरु भयो । उक्त प्रस्तुतिमा भूकम्प अघि र पछिको साँखुको तुलना गरिएको थियो जसमा मानव जीवनको दुखदायी चित्रणका साथसाथै त्यस क्षेत्रका स्वदेशी वास्तुकला र साँस्कृतिक स्थलहरूबारे प्रकाश पारियो । यसैक्रममा  साँखुको युवा समूह सक्व भिन्तुना पुचःका अमृत श्रेष्ठद्वारा गरिएको प्रस्तुतिमा सो समूहद्वारा गरिएका उद्धार प्रयासहरूबारे बताउँदै भूकम्पपश्चातका दिनहरूमा स्थानीय समूदायका सदस्यहरू स्वतस्फूर्त रुपमा एकत्रित भई सहयोगमा जुटेको कुरामा प्रकाश पारिएको थियो ।

बुँगमती तथा खोकना जस्ता अत्यन्तै प्रभावित ऐतिहासिक बस्तीका प्रतिनिधिहरूले भूकम्पबाट सिर्जित अवस्थाकाबारे दुःख प्रकट गर्नुका साथै पुनर्निर्माणको प्रक्रियाबारे अत्यन्तै उत्साहित रहनुभएको कुरा बताउनुभयो ।

बुँगमतीका प्रेमभक्त महर्जनले पुनर्निर्माण भनेको नयाँ घर र मन्दिरहरू बनाउनु मात्र होइन यो त भूकम्पपूर्वको अवस्थाको झैं गाउँ र बस्तीहरूको सामाजिक गतिशीलतालाई पुनस्र्थापित गराउने प्रक्रिया हो ।अन्य चासोका कुराहरूमा पुनर्निर्माण गरिने भवनहरू परम्परागत किसिमका बनाइने हुन् वा आधुनिक किसिमका, कसरी ती भवनहरूले अमूर्त सँस्कृतिलाई जीवन्त राख्न सक्छन जब कि अस्थायी रुपमा छरप्रस्ट भई बसोबास गर्दै आएका अधिकांश स्थानीय बासिन्दाहरू पुनर्निर्माण भनेको के हो र यसमा के के कुरा पर्दछन् भन्ने कुरामा अन्योलग्रस्त छन् आदि कुराबारे चर्चा गरिएका थिए ।

छलफलका क्रममा विज्ञहरू तथा स्थानीय सामुदायिक प्रतिनिधिहरूले पुनर्निर्माणसम्बन्धी सामाजिक र साँस्कृतिक मुद्दाहरूका बारे आआफ्ना विचारहरू आदानप्रदान गर्नुका साथै सर्वसाधारणको सुरक्षा तथा भूकम्पप्रतिरोधात्मक भवनकाबारे पनि चासो व्यक्त गरेका थिए । यसले पूर्वाधार तथा साँस्कृतिक पुनर्निर्माण दुवैलाई समुदायहरूको भलाइका लागि प्राथमिकतामा राख्ने अवसर प्रदान गरेको छ ।

 

छलफलको कार्यक्रममा सहभागी सबै सदस्यहरूले प्रतिनिधि समुदायहरूका लागि समग्रमा एकै किसिमको पुनर्निर्माण प्रक्रिया अपनाइनु पर्ने कुरामा मतैक्यता प्रकट गरेका थिए । पहिलो कुरा, पुनर्निर्माण कार्य समुदाय तथा यसका बासिन्दाहरूको प्राथमिकता तथा चासोलाई ध्यानमा राखी सम्पन्न गरिनुपर्छ । दोश्रो कुरा, निर्माण गरिने समग्र पुनर्वासहरू नयाँ नगरपालिकाहरूकै अङ्ग भएकोले यी ऐतिहासिक बस्तीहरूमा नयाँ भवन  निर्माणका नियम बनाउने क्रममा विज्ञहरूले स्थानीय अधिकारीहरूसँग निकटतम रुपमा सहकार्य गरी शहरी सुन्दरताका साथसाथै ऐतिहासिक संरचना संरक्षणमा पनि ध्यान पुर्याउनु पर्ने हुन्छ । र, अन्त्यमा, प्राविधिज्ञहरूले परम्परागत प्रविधिलाई मध्यनजर गर्दै भूकम्पप्रतिरोधात्मक भवन बनाउने उपाय खोज्ने कुरामा ध्यान दिनु पर्ने आवश्यक हुन्छ ।    




<- Back to: UNESCO Office in Kathmandu
Back to top