25.08.2017 - UNESCO Office in Kathmandu

Better Schools? Empower Women First विद्यालयको क्षमता अभिवृद्धिका लागि महिला सशक्तिकरण सम्बन्धी कार्यशाला

© UNESCO

On 19-20 August 2017, Shree Dharmeshwor Community School, in collaboration with UNESCO, organized a two-day workshop in Sauraha, Chitwan. The workshop focused on empowering women stakeholders to strengthen the capacity of community schools and establish them as leading education providers

Inaugurating the programme, Narayan Paudel, acting District Education Officer of Chitwan stressed how school performance is dependent on the overall status of women. He further emphasized the need of having women in leadership positions, in schools, as well as in society at large.

Aagat Awasthi, Programme Coordinator at UNESCO, highlighted the role of schools in sustainable development and community growth. He showcased model practices implemented by schools thanks to UNESCO’s project interventions. He considers the participation of women to be vital in the current context of the Sustainable Development Goals (SDGs).  

The workshop gathered more than 70 stakeholders - mostly female members of School Management Committee (SMC), Parents Teachers Association (PTA), teachers, parents and members of the local community, representing the marginalized Tharu people. Newly elected local representatives also took part in the workshop.

The workshop was organized under the UNESCO Malala Fund project. This workshop was a follow up of the workshop organized in August 2016 enabling schools to enhance capacity for income generating activities for sustainable development.  UNESCO has been working with the government, teaching officials, members of Community Learning Center (CLC), local representatives, and other stakeholders in providing quality education and promoting lifelong learning opportunities for all. It believes women empowerment to be an important component in moving towards this goal.      

 

विद्यालयको क्षमता अभिवृद्धिका लागि महिला सशक्तिकरण सम्बन्धी कार्यशाला

युनेस्कोको सहकार्यमा श्री धर्मेश्वर सामुदायिक विद्यालयले अगष्ट १९२० मा चितवनको सौराहामा दुई दिवसीय कार्यशालाको आयोजना गर्यो । सामुदायिक विद्यालयहरुको क्षमता सुदृढिकरण गर्नका लागि महिला सरोकारवालाहरुको सशक्तिकरण तथा उनीहरुलाई नेतृत्वदायी शिक्षा प्रदायकका रुपमा स्थापित गर्ने विषयमा कार्यशाला केन्द्रित थियो ।

कार्यक्रमको उद्घाटन गर्दै चितवनका कार्यवाहक जिल्ला शिक्षा अधिकारी नाराययण पौडेलले विद्यालयको कार्यसम्पादन कसरी महिलाको समग्र स्थितिमा निर्भर रहेको हुन्छ भन्ने विषयमा जोड दिनु भयो । विद्यालयका साथसाथै समग्र समाजमा समेत नेतृत्वदायी पदहरुमा महिलाहरु हुनु पर्नेमा उहाँले थप जोड दिनु भयो ।

युनेस्कोका कार्यक्रम संयोजक आगत अवस्थीले दिगो विकास एवं सामुदायिक वृद्धिमा विद्यालयले खेल्ने भूमिकामाथि प्रकाश पार्नु भयो । उहाँले युनेस्कोको सहयोगमा सञ्चालित परियोजना अन्तर्गत विद्यालयहरुले कार्यन्वयनमा ल्याएका नमूना अभ्यासहरुलाई समेत प्रस्तुत गर्नु भएको थियो । उहाँको विचारमा दिगो विकास लक्ष्यको वर्तमान परिवेशमा महिलाहरुको सहभागिता अहं हुन्छ ।

कार्यशालामा ७० भन्दा बढि सरोकारवालाहरु भेला भएका थिए जसमध्ये अधिकांश विद्यालय व्यवस्थापन समिति र अभिभावक शिक्षक संघका महिला सदस्यहरु लगायत शिक्षक, अभिभावक एवं सीमान्तकृत थारु समुदायको प्रतिधित्व गर्दै आएका स्थानीय प्रतिनिधिहरु लगायत थिए । कार्यशालामा नवनिर्वाचित स्थानीय प्रतिनिधिहरुले समेत भाग लिएका थिए ।

 

कार्यशाला युनेस्कोको मलाला कोष परियोजना अन्तरगत आयोजना गरिएको हो । दिगो विकासका लागि आय आर्जन क्रियाकलापहरु सञ्चालन गर्न विद्यालयहरुलाई सवल बनाउने उद्धेश्यले गत वर्षको अगष्टमा सञ्चालित क्षमता विकास कार्यशालाको फलो अपका रुपमा यो कार्यक्रमको आयोजना गरिएको हो । गुणस्तरीय शिक्षा प्रदान गर्न तथा सबैका लागि जीवनपर्यन्त सिकाइको प्रबर्द्धन गर्न युनेस्कोले सरकार, शिक्षण कर्मचारी, सामुदायिक सिकाई केन्द्रहरुसँग काम गरिरहेको छ । यो लक्ष्यप्राप्तीका दिशामा अघि बढ्नका लागि महिला सशक्तिकरण महत्वपूर्ण तत्व हो भन्नेकुरामा युनेस्को विश्वास गर्छ ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top