26.10.2017 - UNESCO Office in Kathmandu

Breaking Taboos: Journalists Learn How to Talk About Comprehensive Sexuality Education and Safe Learning Environments पत्रकारहरुका लागि विस्तृत यौनिकता शिक्षा तथा सुरक्षित सिकाई वातावरण सम्बन्धी अभिमुखिकरण

© UNESCO -

Media is a great vehicle for raising awareness. In the far-western district of Achham, the growing community radio network in particular, has turned into a valuable ally, educating people about sexual health issues.

UNESCO, in collaboration with the Education Journalists Network Nepal, organized a one-day orientation for journalists in Mangalsen, Achham, on 24 October. The aim of the initiative was to sensitize media professionals on “Comprehensive Sexuality Education and Safe Learning Environment”.

Over 20 journalists from different national and local media- radio, newspaper, and television -participated in the orientation programme. Janak Dhungana, Public Health Officer at the District Health Office of Achham, facilitated the programme while Pakriti Adhikari, a senior journalist, explained the role of media in promoting sexuality education.

Chetan Singh Ter, UNESCO’s Field Coordinator, briefed participants about the project, its rationale, objective and activities. He said, “Relevant and quality education is at the heart of this project where comprehensive sexuality education and safe learning environment are the conductive factors”. 

Janak Dhungana introduced the key concepts of comprehensive sexuality education linking the theory with plausible and real life experiences from around the Achham district and cases from his hospital. He said, “Women and girls are reluctant to open up about sexually transmitted diseases even with doctors and as a result they suffer. This is because of the negative socio-cultural settings”. He added, “This vicious cycle can be broken by promoting sexuality education”.

Despite the national average of 67 per cent of contraceptive use, only 30 per cent is consumed in Achham. Most pregnant women in the district suffer from complications as a result of poor sanitation and hygienic conditions. Linking comprehensive sexuality education with social norms and their influence on behavior is important according to Dhungana.

Pakriti Adhikari reinforced the role of media in digging out issues related to sexuality and a safe learning environment without any reluctance. He said, “This will allow issues to be visible for others and at the same time, it might inspire others to speak-up”.

Participants admitted the need of sexuality education in schools and communities at large. Community members as well as teachers should be trained in talking positively about reproductive health and sexuality in order to overcome social taboos.

Another orientation programme will be held in Bajura district on 26 October.

The programme was supported under the Joint Programme of UNESCO – UNFPA – UN Women funding from KOICA ‘Empowering Adolescent Girls and Young Women through the Provision of Comprehensive Sexuality Education and a Safe Learning Environment in Nepal’.

पत्रकारहरुका लागि विस्तृत यौनिकता शिक्षा तथा सुरक्षित सिकाई वातावरण सम्बन्धी अभिमुखिकरण

आमसञ्चार चेतना अभिवृद्धिका लागि ठूलो संवाहक हो । यौन स्वास्थ्यसँग सम्बन्धित सवालहरुमा जनसाधारणलाई शिक्षित बनाउँदै, सुदुर पश्चिमी जिल्ला अछाममा, बढ्दो सामुदायिक रेडियो सञ्जाल खासमा एउटा महत्वपूर्ण साधनका रुपमा परिणत भएको छ । 

युनेस्कोले, शिक्षापत्रकार सञ्जाल नेपालसँगको सहकार्यमा अछामको मंगलसेनमा २४ अक्टोवरमा एक दिवसीय अभिमूखिकरण कार्यक्रमको आयोजना गर्यो । उक्त कार्यक्रमको उद्देश्य “विस्तृत यौनिकता शिक्षा र सुरक्षित सिकाई वातावरण”का विषयमा आमसञ्चारकर्मीहरुलाई संवेदनशील बनाउनु रहेको थियो ।

विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम– रेडियो, पत्रिका र टेलिभिजन — बाट प्रतिनिधित्व गर्ने २० भन्दा बढि पत्रकारहरु उक्त अभिमूखिकरण कार्यक्रममा सहभागीभएका थिए । जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत जनक ढुङ्गानाले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने वरिष्ठ पत्रकार प्रकृती अधिकारीले यौन शिक्षाको प्रबर्द्धनमा सञ्चार माध्यमको भूमिकाका बारेमा व्याख्या गर्नु भएको थियो । 

युनेस्कोका फिल्ड को-अर्डिनेटर चेतन सिंह टेरले सहभागीहरुलाई परियोजना र यसको औचित्य, उद्देश्य र गतिविधिहरुका बारेमा सारांशमा चर्चा गर्नु भएको थियो । उहाँले भन्नु भयो, “सान्दर्भिक र गुणस्तरीय शिक्षा यो परियोजनाको मुटु हो जहाँ विस्तृत यौनिकता शिक्षा र सुरक्षित सिकाई वातावरण सुचालक तत्वका रुपमा रहेका छन् ।” 

जनक ढुङ्गानाले अछाम जिल्लाका विश्वसनीय र वास्तविक जीवनका अनुभव एवं उहाँको अस्पतालमा घटेका घटनाहरुलाई सिद्धान्तसँग जोडेर विस्तृत यौनिकता शिक्षाका मुख्य अवधारणाहरुको परिचय प्रस्तुत गर्नुभयो । उहाँले भन्नु भयो, “यौन प्रसारित रोगहरुका बारेमा महिला र बालिकाहरु डाक्टरहरुसँग समेत खुलेर कुरा राख्न हिच्किचाउँने हुनाले उनीहरु पीडित हुन्छन् । नकारात्मक सामाजिक–साँस्कृतिक वस्तुस्थितिका कारणले गर्दा यसो भएको हो ।” उहाँले अगाडि थप्नु भयो, “यौन शिक्षाको प्रबर्द्धन गरेर यो दुष्चक्रलाई तोड्न सकिन्छ ।” 

गर्भनिरोधक साधनको प्रयोगको राष्ट्रिय औसत ६७ प्रतिशत भएकोमा अछाम जिल्लामा ३० प्रतिशत मात्रै प्रयोग भएको पाइएको छ । जिल्लामा सरसफाई र स्वास्थ्यको अवस्था राम्रो नहुँदा यहाँका अधिकांश गर्भवती महिलाहरु जटिल रोगहरुबाट पीडित भएका छन् । ढुङ्गानाका अनुसार विस्तृत यौनिकता शिक्षालाई सामाजिक आदर्शहरु र तिनीहरुले व्यवहारमा पार्ने प्रभावसँग जोड्नु महत्वपूर्ण हुन्छ ।

 

प्रकृती अधिकारीले यौनिकता र सुरक्षित सिकाई वातावरणसँग सम्बन्धित सवालहरुलाई विना कुनै हिच्किचाहट खोतल्नु पर्ने आमसञ्चार माध्यमको भूमिकाका बारेमा पुनः जोड दिनुभयो । उहाँले भन्नु भयो, “यसले अरुका लागि मुद्दालाई सतहमा ल्याईदिन्छ र सँगसँगै अरुलाई यसका बारेमा बोल्नका लागि अभिप्रेरित गर्छ ।”

 

व्यापक रुपमा विद्यालय र समुदायमा यौनिकता शिक्षाको आवश्यकता रहेको सहभागीहरुले स्वीकार गरे । प्रजनन स्वास्थ्य र यौनिकतालाई सामाजिक रुपमा बर्जित विषय मान्ने परंपरालाई तोड्न समुदायका सदस्यका साथै शिक्षकहरुलाई यी विषयहरुमा सकारात्मक रुपमा बोल्नका लागि प्रशिक्षित गराउनु पर्छ ।

अर्को अभिमुखिकरण बाजुरामा २६ अक्टोवरमा हुनेछ ।

 

कोइकाको आर्थिक सहयोमा युनेस्को—युएनएफपीए—युएनवुमनको संयुक्त कार्यक्रम “नेपालमा विस्तृत यौनिकता शिक्षा र सुरक्षित सिकाई वातावरणका माध्यमबाट किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण” अन्तर्गत उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top