09.03.2017 - UNESCO Office in Kathmandu

Celebrating International Women’s Day: UNESCO calls for application for Female Champions अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा युनेस्कोद्वारा महिला च्याम्पियन कार्यक्रमका लागि आवेदन आह्वान

© UNESCO

"Do not wait for someone else to come and speak for you. It’s you who can change the world.” - Malala Yousafzai

On 8 March, the International Woman’s Day is celebrated around the world.

Recognizing that girls and women worldwide are capable of triggering change through self-empowerment, UNESCO, in collaboration with the We Inspire Nepal (WIN), launched the second round of  the “Female Champions’ project.

Do you believe in gender equality and social change? Do you think you have what it takes to be a Female Champion? Apply!

The project calls for applications from adolescent girls representing diverse cultural and social backgrounds - particularly from earthquake affected districts. Selected Female Champions will be trained and empowered as social change agents. They will undergo intensive training on leadership and communication skills, with mentorship from local leaders and activists. Female Champions will subsequently be guided in developing and implementing their own social change project.

Last year, 50 Female Champions were trained and had the chance of implementing creative campaigns raising awareness on a series of gender issues. One of the participants, Neshma Tuladhar, is now working with Bookmandu, a non-profit organization which collects used books for earthquake affected schools. Her motto is “Learn, empower, grow, contribute, and begin again.”

“Through the Female Champions project, I realized that instead of seeking examples I should be one with utmost devotion and clear vision”, said Priya Sigdel, a former participant who was selected as the first Global Youth Peace Ambassador from Nepal. She is currently also the President of Hattihatti, an organization supporting marginalized women across Nepal.

The video “Be Bold for Change” was released on the occasion of the International Women’s Day featuring inspiring women advocating for gender equality in Nepal.

The "Female Champion” project and video are supported under the Malala II Fund, which aims to improve the quality and relevance of education for adolescent girls and young women in Nepal’s post-earthquake context .

Click here for the online application form.

Click here to view the “Be Bold for Change” video.

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा युनेस्कोद्वारा महिला च्याम्पियन कार्यक्रमका लागि आवेदन आह्वान

“तपाईंका बारेमा अरु कोही आउला र बोलिदेला भनेर प्रतिक्षा नगर्नुहोस् । संसार बदल्ने तपाईं आफैले हो ।” –मलला युसफजाई

मार्च ८ तारिख संसारभरि अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ ।

संसारभरिका बालिका तथा महिलाहरु आत्म सशक्तिकरणका माध्यमबाट परिवर्तन ल्याउन सक्षम छन् भन्ने तथ्यलाई स्वीकार गर्दै युनेस्कोले वी इन्स्पायर नेपालसँगको सहकार्यमा “महिला च्याम्पियनहरुका लागि दोस्रो चरणको परियोजना शुरु गरेको छ ।

के तपाईं लैंगिक समानता र सामाजिक परिवर्तनमा विश्वास गर्नुहुन्छ ? के तपाईलाई आफूसँग महिला च्याम्पियन बन्नका आवश्यक गुणहरु छन् भन्ने लाग्छ ? यदि लाग्छ भने आवेदन दिनुहोस् ।

विविध साँस्कृतिक तथा सामाजिक पृष्ठभूमि भएका खाश गरेर भूकम्प प्रभावित जिल्लाहरुका किशोरीहरुलाई आवेदन दिनका लागि यस परियोजनाका तर्फबाट आह्वान गरिएको छ । छनौटमा पर्ने महिला च्याम्पियनहरुलाई सामाजिक परिवर्तनको संवाहका रुपमा प्रशिक्षित तथा सशक्तिकरण गरिनेछ । उनीहरुलाई नेतृत्व तथा सञ्चार सिपसँग सम्बन्धित विषयमा गहन तालिम प्रदान गरिनुका साथै स्थानीय नेतृत्वकर्ता र अभियन्ताहरुबाट मार्गनिर्देशक परामर्श उपलब्ध गराइनेछ ।

गत वर्ष, ५० जना महिला च्याम्पियनहरुलाई तालिम प्रदान गरिएको थियो जसले क्रमिक रुपमा लैंगिकता सम्बन्धी विषयहरुमा सृजनात्मक अभियानहरु सञ्चालन गरेका थिए । उक्त कार्यक्रमका एकजना सहभागी नेश्मा तुलाधारले भूकम्प प्रभावित विद्यालयहरुका लागि प्रयोग गरिएका पुस्तकहरु संकलन गर्ने एक गैरनाफामूलक संस्था बुकमाण्डूमा काम गर्नुहुन्छ । उहाँको आदर्श वाक्य हो– “सिक, सशक्त बन, बढ, योगदान देऊ र फेरि शुरु गर ।”

“महिला च्याम्पियन परियोजनाका माध्यमबाट मैले उदाहरणहरु खोज्नुको सट्टा म आफैं परम त्याग र प्रष्ट परिकल्पना भएको व्यक्ति हुनु पर्छ भन्ने महशुस गरेँ”, कार्यक्रमका पूर्व सहभागी तथा नेपालबाट पहिलो विश्वव्यापी शान्ती दूतका रुपमा चुनिन सफल प्रिया सिग्देलले बताउनु भयो । उहाँ हाल हात्तीहात्ती नामक संस्थाका अध्यक्ष हुनुहुन्छ, र उहाँको संस्थाले नेपालमा सीमान्तीकृत महिलाहरुलाई सहयोग गर्दछ ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नेपालमा लैंगिक समानाताका लागि वकालत गरिरहेका प्रेरणादायी महिलाहरुको अनुभव समेटिएका “परिवर्तनका लागि साहसी बनौँ”भन्ने भिडियो विमोचन गरिएको थियो ।

“महिला च्याम्पिन” परियोजना र भिडियो निर्माणका लागि दोस्रो चरणको मलाला कोष अन्तरगत आर्थिक सहयोग उपलब्ध गराइएको हो । भूकम्पपश्चातको परिवेशमा नेपालका किशोरी तथा युवा महिलाहरुका लागि शिक्षाको गुणस्तर तथा सान्दर्भिकतामा सुधार ल्याउने उक्त कोषको लक्ष्य रहेको छ ।

अनलाईन आवेदन फारमका लागि यहाँ क्लिक गर्नुहोस् ।

“परिवर्तनका लागि साहसी बनौँ” भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top