20.06.2017 - UNESCO Office in Kathmandu

Comprehensive Sexuality Education Empowers Nepalese Young Women विस्तृत यौनिकता शिक्षाका माध्यमबाट नेपाली युवा महिलाहरुको सशक्तिकरण

© UNESCO\ B. Abruzzini -A young mother from Rautahat district.

Various studies show that the majority of Nepalese adolescents lack the knowledge required to make decisions responsibly, leaving them vulnerable to coercion, sexually transmitted diseases and unintended pregnancy.

Despite the Government's effort to address the issue, girls and young women are still suffering. Most gender based violence occur within the four walls of Nepalese homes, communities and schools. Data from the 2011 population census shows that in Nepal, 50 percent of women are married between the age of 15 to 19 years and 12 percent before they are 14 years old. Nepal is ranked 122 out of 145 countries in the world in terms of gender equality in educational attainment.

Against this background, two consultative workshops were organized this month in Chitwan (7-8 June) and Pokhara (15 - 16 June) to discuss existing policies and initiatives while identifying the gaps in comprehensive sexuality education and gender based violence.

Participants shared their real life experiences of gender based violence and its negative impact on girls’ education and life. A desk review of plans, policies and programmes related to comprehensive sexuality education and gender based violence was presented.

Mr. Deergha Narayan Shrestha from UNESCO highlighted the objectives and expected outcomes of the project. “Comprehensive sexuality education (CSE) is important to achieve Sustainable Development Goals as it empowers adolescent girls and young women by ensuring quality and relevant education and creating a safe environment in communities and schools,” says Mr Shrestha.

Similarly, Mr. Dinesh Shrestha, Regional Education Director of Central Region said, "The government has developed various policies, plans and programmes targeting women and girls. These programmes have to be implemented effectively.”

Likewise, Mr. Bishnu Adhikari, Regional Education Director of Western Region stressed the importance of triggering discussions to help identify gaps and provide feedback guiding ministries and stakeholders to mainstream, design and implement Comprehensive Sexuality Education.

A total of 90 participants from Regional Education Directorate, District Education Offices, District Health Offices, Women and Children Offices, Community Learning Centres, NGOs, teachers and journalists - from seven districts of central and western region took part in the workshops.

The workshops were organized under the framework of the Joint Programme of UNESCO, UNFPA and UN Women funded by KOICA for the project, ‘Empowering Adolescent Girls and Young Women through the Provision of Comprehensive Sexuality Education and a Safe Learning Environment in Nepal’.

विस्तृत यौनिकता शिक्षाका माध्यमबाट नेपाली युवा महिलाहरुको सशक्तिकरण 

जिम्मेवारीपूर्वक निर्णय लिनका लागि आवश्यक ज्ञानको अभावका कारण अधिकांश नेपाली किशोरकिशोरीहरु जोरजवरजस्ती, यौनप्रसारित रोग र अनिच्छित गर्भधारणको जोखिममा रहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । 

यस सवाललाई सम्वोधन गर्ने सरकारी प्रयासहरुका वावजूद, बालिका र युवतीहरु अझै पनि पीडित भैरहेका छन् । नेपालमा सबैभन्दा धेरै लैंगिक हिंसा घर भित्र, समुदाय र विद्यालयहरुमा हुने गर्दछन् । सन् २०११ को जनगणनाले ५० प्रतिशत महिलाहरुको विवाह १५ देखि १९ वर्षको उमेरमा हुने र १२ प्रतिशत बालिकाहरुको विवाह १४ वर्ष नपुग्दै हुने गरेको देखाएको छ । शैक्षिक उपलब्धीमा लैंगिक समानताका हिसावले नेपाल संसारका १४५ मध्ये १२२ औँ स्थानमा रहेको छ । 

यहि पृष्ठभूमिमा विस्तृत यौनिकता शिक्षा र लैंगिक हिंसासँग सम्बन्धित विद्यमान नीति तथा पहलहरुका बारेमा छलफल गर्दै तिनमा रहेका कमिकमजोरीहरु पत्ता लगाउनका लागि ७–८ जूनमा चितवन र १५–१६ जूनमा पोखरामा गरि दुईवटा कार्यशालाहरुको आयोजना गरियो । 

कार्यशालामा सहभागीहरुले लैंगिक हिंसासँग सम्बन्धित उनीहरुको वास्तविक जीवनका अनुभवहरु बाँड्नुका साथै त्यसले बालिकाको शिक्षा र जीवनमा पारेका नकारात्मक प्रभावहरु पनि सुनाएका थिए । कार्यक्रममा विस्तृत यौनिकता शिक्षा तथा लैंगिक हिंसासँग सम्बन्धित योजना, नीति तथा कार्यक्रमहरुको डेस्क समिक्षा प्रस्तुत गरिएको थियो । 

युनेस्कोका दीर्घ नारायण श्रेष्ठले परियोजनाका उद्देश्य तथा अपेक्षित उपलब्धीहरुमाथि प्रकाश पार्नु भयो । श्री श्रेष्ठले “गुणस्तरीय र उपयुक्त शिक्षाको सुनिश्चित गरेर तथा समुदाय र विद्यालयहरुमा सुरक्षित वातावरणको सृजना गरेर किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण गर्ने भएकाले दीगो विकास लक्ष्य प्राप्त गर्न विस्तृत यौनिकता शिक्षा महत्वपूर्ण” हुने विचार व्यक्त गर्नु भयो । 

यसरी नै मध्यमाञ्चल क्षेत्रका क्षेत्रिय शिक्षा निर्देशक श्री दिनेश श्रेष्ठले भन्नु भयो, “महिला र बालिकाहरुलाई लक्षित गर्दै सरकारले विभिन्न नीति, योजना र कार्यक्रमहरु निर्माण गरेको छ । यी कार्यक्रमहरु प्रभावकारी रुपमा कार्यन्वयन गरिनु पर्दछ ।” 

यसै गरी पश्चिमाञ्चल क्षेत्रका क्षेत्रिय शिक्षा निर्देशक श्री विष्णु अधिकारीले कमिकमजोरीहरुको पहिचान गर्न तथा विस्तृत यौनिकता शिक्षालाई मूलप्रवाहमा ल्याउन, यसको प्रारुप तयार गर्न तथा कार्यन्वयनमा ल्याउन मन्त्रालय र अन्य सरोकारवालाहरुलाई सुझाव दिने काममा सहयोग पुर्याउन छलफल चलाउनु महत्वपूर्ण हुनेमा जोड दिनु भयो । 

मध्यमाञ्चल र पश्चिमाञ्चल क्षेत्रका क्षेत्रिय शिक्षा निर्देशनालय तथा ती क्षेत्रका विभिन्न सात जिल्लाका जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय, सामुदायिक सिकाई केन्द्र, गैर सरकारी संस्थाका प्रतिनिधि, शिक्षक तथा पत्रकारहरु गरी जम्मा ९० जना सहभागीहरुले उक्त कार्यशालाहरुमा भाग लिएका थिए । 

कार्यशालाहरु कोरियन अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा युनेस्को, युएनएफपीए र युएन वुमनद्वारा संयुक्त रुपमा सञ्चालित “नेपालमा विस्तृत यौनिकता शिक्षा तथा सुरक्षित सिकाइको वातावरणको व्यवस्थाका माध्यमबाट किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण” परियोजना अन्तरगत आयोजना गरिएको हो ।  




<- Back to: UNESCO Office in Kathmandu
Back to top