27.04.2016 - UNESCO Office in Kathmandu

Counselling for Adolescent Girls and Young Women Healing Psychological Aftershocks मनोबैज्ञानिक पराकम्प निको पार्न किशोरी तथा युवा महिलालाई परामर्श

(C) IRDP\P. Chaulagain -Participants of the counselling workshop

We know that hundreds of thousands of men, women and children saw their homes, streets and cities destroyed before their eyes. After this type of a mass trauma, the psychological impact of an earthquake can result in people continuing to encounter sights, sounds, and inner feelings that remind them of the tragic event.

To mark the one year anniversary of the disastrous earthquake that struck Nepal, UNESCO in collaboration with Integrated Rural Development Program (IRDP), launched a counselling workshop for adolescent girls and young women in Sindhuli district on 24 April 2016.

The program was primarily designed to assess the fear and stress level among the young students following the devastation generated by the earthquake. The workshop gathered more than 100 participants to discuss and promote psycho-social counselling and disaster preparedness, by engaging students, parents, female teachers, members from School Management Committees other relevant stakeholders.

“I hope this initiative will help increase awareness among adolescent girls and women teachers of the benefits of counseling and psychological support in supporting communities,” said Badri Bahadur Pathak, District Education Officer of Sindhuli district during his opening remarks in the workshop.

An interactive group session was launched involving adolescent girls, female teachers and members of School Management Committee to identify and resolve the challenges faced by the girl students in their learning process at school and at home, in the aftermath of the earthquake.

The workshop highlighted the role female teachers can play in supporting and empowering girls’ education. “Naturally, girls tend to be shy. They might not feel comfortable expressing their problems to a male teacher, and sometimes even to a female teacher,” a female teacher from the Khaniyakharka Higher Secondary school, explained. She further added that every school should have a separate female counseling desk with a well-trained counselor to support adolescent girls. Most of the participants felt that the counseling session boosted their confidence.

A network was formed as an outcome of the program, comprising female teachers, adolescent girls and IRDP representative(s), which will serve as a platform to ensure and promote girl-friendly school environments. It will act as a follow-up mechanism that shall encourage and foster dialogue between committees to address the concerns of adolescent girls in schools.

The workshop was funded by the project under the Malala Fund for Girls’ Right to Education.

मनोबैज्ञानिक पराकम्प निको पार्न किशोरी तथा युवा महिलालाई परामर्श

हजारौँ मानिसहरुले आफ्नै आँखा अगाडि उनीहरुको घर, सडक र सहर ध्वस्त भएको भयानक दृश्य टुलुटुलु हेरिरहेको  घटना हामीलाई अवगत नै छ । आमरुपमा धेरैले भोगेको यसप्रकारको मानसिक आघात पछि मानिसमा भुकम्पको मनोबैज्ञानिक असर रहिरहन सक्छ जसका कारण कुनै प्रकारको दृष्य, आवाज तथा अन्तरमनमा उब्जिने भावनाले पनि उनीहरुलाई त्यो दुःखद घटनाको झझल्को दिन सक्छ ।

प्रलयकारी भुकम्प गएको बार्षिकीका अवसरमा युनेस्कोद्वारा एकीकृत ग्रामीण विकास कार्यक्रम (आइआरडीपी)सँगको सहकार्यमा सिन्धुलीका किशोरी र युवा महिलाहरुका लागि २४ अप्रिल २०१६ का दिन एक परामर्श कार्यशालाको आयोजना गरियो ।

कार्यशालामा सयजना भन्दा बढि सहभागिहरुले विद्यार्थी, अभिभावक, महिला शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु तथा अन्य सम्बन्धित सरोकारवालाहरुको संलग्नतामा प्रकोपका लागि अग्रिम तयारी तथा मनोसामाजिक परामर्शको प्रबर्धन कसरी गर्न सकिन्छ भनेर छलफल गरेका थिए।

कार्यशालामा उद्घाटन मन्तब्य राख्दै सिन्धुली जिल्लाका जिल्ला शिक्षा अधिकारी बद्रीबहादुर पाठकले भन्नु भयो, “यसप्रकारको प्रयासले किशोरी तथा महिला शिक्षकहरुको चेतना अभिवृद्धि गरि उनीहरुले प्राप्त गरेको परामर्श तथा मनोबैज्ञानिक सहयोग सम्बन्धी ज्ञानले समुदायलाई समेत लाभ पुग्ने आश गरेको छु ।”

कार्यशालामा भुकम्पपश्चातको अवस्थामा छात्राहरुले उनीहरुको सिकाइ प्रक्रियाका सम्बन्धमा सामना गरिरहेका चुनौतीहरुको पहिचान गर्नका लागि सामूहिक अन्तरक्रियात्मक सत्र पनि सञ्चालन गरिएको थियो । उक्त समूहकार्यमा किशोरी, महिला शिक्षक र विव्यसका सदस्यहरुको सहभागितामा रहेको थियो ।

कार्यशालामा बालिकाको शैक्षिक सशक्तिकरण तथा सहयोगका लागि महिला शिक्षकहरुले खेल्न सक्ने भुमिकाका बारेमा प्रकाश पारिएको थियो । खनियाखर्क उच्च माध्यमिक विद्यालयका महिला शिक्षकले भन्नु भयो, “बालिकाहरु स्वभावैले लज्जालु हुन्छन् । उनीहरुले आफ्नो समस्या एकजना पुरुष शिक्षकलाई र कहिलेकाहिँ त महिला शिक्षकलाई पनि राख्न त्यति सहज ठान्दैनन ।” कार्यशालाका अधिकांश सहभागिहरुले आफ्नो आत्मविश्वास बढेको अनुभव गरे । “समग्रमा भन्नुपर्दा किशोरीहरुलाई सहयोग गर्नका लागि हरेक विद्यालयमा राम्रो तालिमप्राप्त परामर्शदाता सहितको छुट्टै महिला परामर्श कक्ष हुनुपर्छ भन्ने मलाइ लाग्छ ।” 

कार्यक्रमको उपलब्धीको रुपमा महिला शिक्षक, किशोरी र आइआरडीपीका प्रतिनिधिहरु सम्मिलित एउटा सञ्जालको निर्माण गरिएको छ जसले बालिका मैत्री विद्यालयको सुनिश्चितता र प्रवद्र्धनका लागि एउटा चौतारीका रुपमा काम गर्ने छ । अनुगमन संयन्त्रका रुपमा काम गरि यसले विद्यालयमा किशोरीहरुको सरोकारलाई सम्बोधन गर्नका लागि विभिन्न समितिहरुका बीचको सम्बादलाई प्रोत्साहित गर्ने छ ।

शिक्षामा बालिकाको अधिकारका लागि मलाला कोष अन्तरगत सञ्चालित परियोजनाको आर्थिक सहयोगमा यो कार्यशाला सञ्चालन गरिएको हो ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top