13.07.2016 - UNESCO Office in Kathmandu

Dadeldhura: Boosting Female Teachers’ Role in School Management डडेल्धुरा: विद्यालय व्यवस्थापनमा महिला शिक्षकको भूमिकामा जोड

© UNESCO\R. Thakur -

UNESCO, in collaboration with the Ministry of Education and the Food For Education Project (FFEP), organized a two-day training program for female teachers to enhance their overall leadership capacity on 6 and 7 July 2016 in Dadeldhura district. The training primarily aimed at defining the roles of female teachers with respect to the efficient management of schools as well as promoting quality education of girls.

Over 35 female teachers from various schools in Dadeldhura where FFEP’s Day Tiffin Program is operational, attended the program. The event encapsulated altogether eight sessions on various relevant issues including Gender Equality/Equity, various forms of violence, school leadership, conflict management/ disaster management, Education Act, Rules and Directives, community mobilization and increased attainment of adolescent girls enrolled in school.

The training kicked off with a formal inauguration session, chaired by Durga Dutta Bista, District Education Officer of Dadeldhura, Tap Raj Pant, Education Specialist from UNESCO and Bishnu Dware, Director- FFEP.

The overall objectives of the training program was sketched-out by Pant who further shared details about the Malala Fund and its endeavours to promote adolescent girls’ education in Nepal and worldwide.

“Duties should be respected by the teachers and carried out honestly” said Durga Dutta Bista, District Education Officer of Dadeldhura. He further reiterated the roles and importance of female teachers in school management and notably in promoting girls’ education.

The last session of the program was facilitated by Raghav Pratap Thakur from UNESCO. Participants worked in pair filling up the information on the Action Plans Framework. Under this framework each female teacher was asked to note the ongoing status of girls’ education in their respective school, the issues encountered while learning, the role teachers play to address these challenges and eventually the strategies they would adapt in the future to empower girls in their learning environment.

The concluding remarks by Bishnu Dware highlighted the practical dimension of the lessons learnt during the training and encouraged participants to implement those in their respective schools.

The program was supported by the Malala Fund for Girls’ Education. Capacity building of female teachers and encouraging their roles to promote girls’ education has been one of the major objectives of this project.

डडेल्धुरा:  विद्यालय व्यवस्थापनमा महिला शिक्षकको भूमिकामा जोड

शिक्षा मन्त्रालय र शिक्षाका लागि खाद्य परियोजनासँगको सहकार्यमा युनेस्कोले महिला शिक्षकहरुको समग्र नेतृत्व तथा क्षमता अभिवृद्धिका लागि डडेल्धुरामा जुलाइ ६ र ७ तारिखका दिन दुई दिने तालिम कार्यक्रमको आयोजना गर्यो । विद्यालयहरुको प्रभावकारी व्यवस्थापन तथा बालिकाको गुणस्तरीय शिक्षाको प्रवर्धनका सम्बन्धमा महिला शिक्षकहरुले खेल्न सक्ने भूमिकालाई परिभाषित गर्नु तालिममको मुख्य उद्धेश्य रहेको थियो ।

डडेल्धुरा जिल्लामा शिक्षाका लागि खाद्य परियोजना अन्तरगत दिवा खाजा कार्यक्रम सञ्चालन भएका विभिन्न विद्यालयका ३५ जना महिला शिक्षकहरुले कार्यक्रममा भाग लिएका थिए । कार्यक्रममा लैंगिक समानता/समता, विभिन्न प्रकारका हिंसाहरु, विद्यालय नेतृत्व, द्वन्द्व व्यवस्थापन / विपद व्यवस्थापन, शिक्षा ऐन, नियमावली र निर्देशिका, समुदाय परिचालन तथा विद्यालयमा किशोरी भर्नादर कसरी बढाउने लगायतका जम्माजम्मी आठवटा सत्रहरु समावेश गरिएको थियो ।

डडेल्धुराका जिल्ला शिक्षा अधिकारी दुर्गा दत्त विष्टको अध्यक्षतामा औपचारिक उद्घाटन कार्यक्रम सहित शुरु भएको तालिममा युनेस्कोका शिक्षा विद् तपराज पन्त र शिक्षाका लागि खाद्य कार्यक्रमका निर्देशक विष्णु द्वारेले मन्तव्य राख्नु भएको थियो ।

पन्तले कार्यक्रमको उद्धेश्यका बारेमा बताउँदै मलाला कोष र यसले नेपाल सहित विश्वभरि किशोरीहरुको शिक्षा प्रवर्धनका लागि गरिरहेको प्रयत्नका बारेमा चर्चा गर्नु भएको थियो ।

डडेल्धुराका जिल्ला शिक्षा अधिकारी दुर्गा दत्त विष्टले भन्नभयो, “शिक्षकहरुले इमान्दारीताका साथ आफ्नो कर्तव्य निर्वाह गर्नु पर्छ ।” वहाँले विद्यालय व्यवस्थापन र खास गरि बालिका शिक्षाको प्रवर्धनका लागि महिला शिक्षकहरुको भूमिका र महत्वका बारेमा थप दोहोर्याउनु भयो ।

तालिम कार्यक्रमको अन्तिम सत्र युनेस्कोका राघवप्रताप ठाकुरले सञ्चालन गर्नु भएको थियो । सहभागीहरुले दुई—दुई जनाको जोडी बनाइ कार्ययोजनाका लागि तयार पारिएको योजनातालिकामा आवश्यक सूचना भर्ने कार्य गरेका थिए । यस  योजना तालिकामा सूचना उपलब्ध गराउनका लागि प्रत्येक महिला शिक्षकहरुलाई आफ्नो विद्यालयमा बालिका शिक्षकको वर्तमान अवस्था, सिकाइका क्रममा सामना गर्नु परेका सवालहरु, यस्ता चुनौतीहरुलई सम्वोधन गर्न शिक्षकहरुले खेल्नु पर्ने भूमिका सहित अन्तमा बालिकाहरुलाई उनीहरुको सिकाइको वातावरण्मा सशक्तिकरणका लागि के कस्ता रणनीतिहरु आवश्यक पर्न सक्लान् भन्ने विषयमा लेख्न लगाइएको थियो ।

विष्णु द्वारेले समापन मन्तव्यका क्रममा तालिममा सिकेका पाठहरुको व्यवहारिक पक्षमाथि प्रकाश पार्दै सहभागीहरुलाई आआफ्नो विद्यालयमा ती पाठहरुलाई कार्यान्वयन गर्नका लागि प्रेरित गर्नु भयो ।

उक्त कार्यक्रम बालिका शिक्षाका लागि मलाला कोषको सहयोगमा सञ्चालन गरिएको थियो ।  परियोजनाको मुख्य उद्धेश्यहरु मध्ये महिला प्रधान शिक्षिकाहरुको क्षमता बढाउने तथा बालिका शिक्षाको प्रवद्र्धनका लागि उनीहरुले खेल्न सक्ने भूमिकाका लागि अभिप्रेरित गर्ने पनि एक हो ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top