03.05.2019 - UNESCO Office in Kathmandu

Enhancing the understanding of local government officials on SDG4 स्थानीय सरकारका कर्मचारीहरुका लागि दिगो विकास लक्ष्य नं. ४ सम्बन्धी कार्यशाला

© UNESCO

UNESCO has been working to improve the understanding and practice of SDG4: “ensure inclusive and equitable quality education and promote lifelong opportunities for all” at the local level.

In order to strengthen the capacity of the newly elected local government officials for the implementation of formal and non-formal education systems, as well as developing policies and programs for literacy and lifelong learning, the Centre for Education and Human Resource Development organized a two-day workshop under UNESCO’s CapED Literacy Project on 28-29 April 2019 in Phalewash Municipality,  Parbat District.

The Mayor of Phalewash Municipality, Madan Pani Sharma, highlighted the importance of quality education. He said, “This workshop has given support to further developing a long-term action plan. Close collaboration with UNESCO, local-level social organizations and school sector stakeholders is essential for us to make it possible.” 

The workshop introduced the concept of SDGs, and Nepal's initiative on free and compulsory education and lifelong learning were also discussed. Participants were motivated to explore possible ways of promoting literacy and lifelong learning activities, such as building child-friendly learning environments based on early childhood development and conducting community-based income-generating activities. 

The presentations by Prof. Laxman Gyawali and Prof. Dhanapati Subedi from Kathmandu University and education expert Mahashram Sharma focused on the features of the Local Government Operation Act and highlighted the rights and duties of the local government regarding education.  

"We need to collaborate with each other to carry out reforms in existing system of governance. We all need to bear our responsibilities. Education is a major factor that can bring development more holistically," said Mahashram Sharma. 

Altogether, 70 participants from all 11 wards of Phalewash Municipality, including officials and their key stakeholders, participated in the event.

स्थानीय सरकारका कर्मचारीहरुका लागि दिगो विकास लक्ष्य नं. सम्बन्धी कार्यशाला

स्थानीय तहमा ‘समावेशी एवं समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने तथा सबैका लागि जीवनपर्यन्त सिकाईको प्रबर्द्धन गर्ने’ दिगो विकास लक्ष्य नं. ४ को बुझाइ तथा अभ्यासमा सुधार ल्याउनका लागि युनेस्कोले काम गरिरहेको छ । 

औपचारिक र अनौपचारिक शिक्षा प्रणालीको कार्यन्वयनका साथै साक्षरता र जीवनपर्यन्त सिकाइका लागि नीति तथा कार्यक्रम निर्माणका लागि नवनिर्वाचित स्थानीय सरकारका कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि शिक्षा तथा मानव संसाधन विकास केन्द्रले पर्वत जिल्लाको फलेवास नगरपालिकामा दुई दिने कार्यशालाको आयोजना ग¥यो । अप्रिल २८ र २९ मा सञ्चालन गरिएको उक्त कार्यशाला युनेस्कोको शिक्षाका  लागि क्षमता विकास कार्यक्रम साक्षरता परियोजना अन्तरगत आयोजना गरिएको हो ।

उक्त कार्यशालामा फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माले गुणस्तरीय शिक्षाको महत्वमाथि प्रकाश पार्नु भएको थियो । उहाँले भन्नुभयो, “यो कार्यशालाले आगामी दीर्घकालीन कार्य योजना बनाउनका लागि सहयोग पु¥याएको छ । यसलाई सम्भव तुल्याउन युनेस्को, स्थानीय सामाजिक संघसस्था र विद्यालय क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरुसँगको निकट सहकार्य अत्यन्तै महत्वपूर्ण हुन्छ ।“ 

कार्यशालामा दिगो विकास लक्ष्यहरुको अवधारणा एवं निःशुल्क तथा अनिवार्य शिक्षाका क्षेत्रमा नेपालले थालेका प्रयासहरुका बारेमा परिचय दिइनुका साथै जीवनपर्यन्त सिकाईका बारेमा समेत छलफल गरिएको थियो । कार्यक्रममा प्रारम्भिक बाल विकासमा आधारित भइ बालमैत्री सिकाइका लागि वातावरण बताउने तथा समुदायमा आधारित आय आर्जन क्रियाकलापहरु जस्ता साक्षरता एवं जीवनपर्यन्त सिकाइ गतिविधिहरुको प्रबद्र्धन गर्ने सम्भावित उपायहरुको खोजी गर्न सहभागीहरुलाई अभिप्रेरित गरिएको थियो । 

कार्यशालामा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक लक्ष्मण ज्ञवाली र प्राध्यापक धनपति सुवेदी तथा शिक्षाविद महाश्रम शर्माले स्थानीय सरकार सञ्चालन ऐनका विशेषताहरुका बारेमा प्रस्तुतीकरण गर्नुका साथै शिक्षासँग सम्बन्धित विषयमा स्थानीय सरकारका अधिकार तथा कर्तव्यहरुमाथि प्रकाश पार्नु भयो । 

शिक्षाविद् महाश्रम शर्माले भन्नुभयो,”‘विद्यमान शासकीय प्रणालीमा सुधार ल्याउन हामीले एकार्कासँग सहकार्य गर्नु आवश्यक छ । हामी सबैले आआफ्नो जिम्मेवारी निभाउनु जरुरी छ । शिक्षा एउटा महत्वपूर्ण तत्व हो जसले सर्वाङ्गीण विकास ल्याउन सक्छ ।“

कार्यक्रममा कर्मचारी तथा प्रमुख सरोकारवालाहरु सहित फलेवास नगरपालिकाका एघार वटै वडाका ७० जना सहभागीहरुले भाग लिएका थिए । 




<- Back to: UNESCO Office in Kathmandu
Back to top