29.11.2016 - UNESCO Office in Kathmandu

Exploring new knowledge and practices for Promoting Girls’ Education in Kapilvastu कपिलवस्तुमा किशोरी शिक्षाको प्रवर्द्धनका लागि नयाँ ज्ञान र अभ्यासहरुको खोजी

© UNESCOA girls in the workshop talks about the issues of girls education

Students, teachers and stakeholders from Kapilvastu participated in a two-day workshop on promoting girls´ education organized by UNESCO in coordination with Samarpan Sahayog Samuha, a local NGO on 26 - 27 November.

Funded by the Malala Funds for Girls’ Education project, the workshop aimed at exploring instances of good practices at schools and communities.

The event served as a platform to discuss the emerging challenges and ongoing scenario of educating girls in Kapilvastu.

Presentations and discussions were made on constitutional and legal provisions in empowering girls’ education in Nepal; classroom leadership of girls; Sustainable Development Goal number 4 and intergenerational-dialogue. Group exercises were developed to support adolescent girls both in and out of school to maximize their learning achievements.

On behalf of UNESCO, Raghav Pratap Thakur highlighted the combined roles of stakeholders that would produce the synergy effects in advancing girls’ education. ‘There are many good changes achieved in Kapilvastu. Everyone should work hand-in-hand to have the multiplier effect of such good practices here’, added Raghav.

The workshop also discussed issues of Muslim girls. The gap between Madrasa Education system and formal education of the Government of Nepal were highlighted. The cooperation from the government was also sought to bring reforms in Madrasa.

Parents of girl-students participating in the workshop remarked that “Dowry system is still very prevalent in their society. For this reason they are compelled to do the child marriage as they have to pay less when their daughters are young.”

Different sets of questionnaires were prepared in advance for girl-students, teachers, parents and stakeholders to assess their own response and understanding towards the reforms required in promotion of girls’ education.

The program ended with commitment signed by all participants to support  the girls in their families and communities to bring a positive change and reform in their education. 

कपिलवस्तुमा किशोरी शिक्षाको प्रवर्द्धनका लागि नयाँ ज्ञान र अभ्यासहरुको खोजी

किशोरी शिक्षाका सम्बन्धमा युनेस्कोद्वरा समर्पण सहयोग समूह नामक एक स्थानीय गैर सरकारी संस्थासँगको सहकार्यमा नोभेम्वर २६ र २७ मा आयोजित दुई दिवसीय कार्यशालामा कपिलवस्तु जिल्लाका विद्यार्थी, शिक्षक तथा अन्य सरोकारवालाहरु सहभागी भए ।

किशोरी शिक्षाका लागि मलाला कोष परियोजनाको आर्थिक सहयोगमा आयोजित उक्त कार्यशाला विद्यालय तथा समुदायहरुमा भए गरेका राम्रा अभ्यासका उदाहरणहरुको खोजी गर्नेतर्फ लक्षित थियो ।

कपिलवस्तु जिल्लामा किशोरी शिक्षाका संभावित चुनौती तथा हालको अवस्थाका बारेमा चर्चापरिचर्चा गर्नका लागि कार्यक्रमले साझा थलो प्रदान गरेको थियो ।

कार्यशालामा नेपालमा किशोरीलाई शिक्षाका लागि सशक्तिकरण गर्ने, कक्षाकोठामा किशोरीहरुलाई नेतृत्व प्रदान गर्ने, दीगो विकास लक्ष्य नं. ४ र अन्तरपुस्तावार्तालाप जस्ता विषयहरुमा प्रस्तुतीकरण तथा छलफलहरु गरिएको थियो । विद्यालय भित्र र बाहिर किशोरीहरुले सिकाइबाट अधिकाधिक उपलब्धीहरु प्राप्त गर्न सकून भनि सहयोग गर्नका लागि सामूहिक अभ्यासहरु पनि बनाइएको थियो । 

युनेस्कोको तर्फबाट राघव प्रताप ठाकुरले किशोरी शिक्षालाई अघि बढाउनमा सरोकारवालाहरुले आपसमा सहकार्यको भावना उत्पन्न हुने गरि भूमिका खेल्नु पर्ने विषयमा प्रकाश पार्नु भयो । वहाँले थप बताउनु भयो, ‘कपिलवस्तुमा धेरै राम्रा परिवर्तनहरु हाँसिल भएका छन् । यहाँका यस्ता राम्रा अभ्यासहरुको गुणात्मक प्रभावका लागि हरेकले हातमा हात मिलाइ काम गर्नु पर्छ ।

कार्यशालामा मुश्लिम किशोरीहरुसँग सम्बन्धित सवालहरुमाथि पनि छलफल गरिएको थियो । मदरसा शिक्षा पद्धति र नेपाल सरकारले प्रदान गर्ने औपचारिक शिक्षाका बिच रहेको दूरीका बारेमा चर्चा गरिएको थियो । मदरसामा सुधार ल्याउन सरकारको थप सहयोगको आवश्यकता रहेको औंल्याइको थियो ।

कार्यशालामा सहभागी छात्राहरुका अभिभावकहरुले उनीहरुको समाजमा दाइजो प्रथा अझै व्याप्त रहेको र त्यसैले कम उमेरमा छोरीको विवाह गर्दा थोरै मात्रै तिर्नु पर्ने भएकोले बालविवाह गर्न बाध्य भएकोगुनासो गर्नु भयो ।

छात्रा, शिक्षक, अभिभावक र सरोकारवालाहरुलाई किशोरी शिक्षाको प्रबद्र्धनमा आवश्यक पर्ने सुधारका लागि उनीहरुको आआफ्नो प्रतिक्रिया तथा बुझाईंका आँकलन गर्नका लागि भिन्दाभिन्दै प्रश्नावलीहरु समेत तयार पारिएको थियो ।

 

कार्यक्रमको अन्त्यमा सबै सहभागीहरुले उनीहरुको परिवार तथा समाजमा सकरात्मक परिवर्तन ल्याउन तथा उनीहरुको शिक्षामा सुधार ल्याउनका लागि किशोरीरुलाई सहयोग गर्ने प्रतिवद्धता सहित हस्ताक्षर गरेका थिए ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top