11.08.2016 - UNESCO Office in Kathmandu

Female Champions Rewarded for Innovate projects Empowering Girls बालिका सशक्तिकरणका लागि महिला अभियन्ताहरुले तयार पारेका रचनात्मक परियोजनाहरु पुरस्कृत

© UNESCO\N. Shakya -Women champions to empower girls and young women

A series of trainings organized by UNESCO in collaboration with We Inspire Nepal (WIN), turned 50 young girls into Champions of change, leading and empowering adolescent girls in their communities.

Champions are young women who have made gender equality and empowerment their cause and mission in life.  They have developed proposals breaking boundaries in their communities and beyond, focusing on promoting girls’ education.

A total of 20 proposals were received, encapsulating innovative and cost-effective ideas. UNESCO organized a session on August 5 to showcase ideas and commit with its financial support. Using the example of Malala Yousafzai, Tap Raj Pant from UNESCO explained how one empowered girl can in turn empower other girls in the community.

All the projects will receive support according to the framework and guidelines developed by UNESCO.  Nora Wagner from UNESCO explained the set norms and guidelines the Champions will need to take into consideration throughout the implementation phase of their projects. Female Champions are provided with a maximum of 100 days to complete their work which shall foster values such as volunteerism, peer-to-peer learning, and awareness-raising.

Champions appeared excited at the idea of finally being able to implement their projects. Sailaja Kharel, one of the Champions said, “My motivation has just doubled and I shall do my best to make a positive difference through my project”.

UNESCO and the WIN team will be continuously mentoring and facilitating the Champions at all phases of the projects.

The projects are supported under the Malala Fund for Girls’ Right to Education and the Hainan Funds-In-Trust enhancing quality and relevant learning for adolescent Girls.

बालिका सशक्तिकरणका लागि महिला अभियन्ताहरुले तयार पारेका रचनात्मक परियोजनाहरु पुरस्कृत

युनेस्कोले वी इन्स्पयार नेपाल (वीन) सँगको सहकार्यमा एकपछि अर्को गर्दै सञ्चालन गरेका तालिमहरुका माध्यमबाट ५० जना युवा महिलाहरु आआफ्नो समुदायका किशोरीहरुको सशक्तिकरणका लागि नेतृत्व लिनसक्ने परिवर्तनका अभियन्ता बनेका छन् । यी युवा महिला अभियन्ताहरुले लैंगिक समानता र सशक्तिकरणलाई आफ्नो जीवनको उद्धेश्य र ध्येय बनाएका छन् ।आफ्नो समुदाय भित्र र बाहिरका अवरोधहरुलाई परास्त गर्दै बालिका शिक्षाको प्रवर्द्धन गर्नका लागि उनीहरुले प्रस्तावपत्रहरु तयार गरेका छन् ।

थोरै लागतमा धेरै उपलब्धी हुनेखालका रचनात्मक अवधारणहरु समाहित जम्मा २० वटा प्रस्तावपत्रहरु प्राप्त भएका थिए । यी अवधारणाहरुलाई प्रदर्शित गर्न तथा आर्थिक सहयोगको प्रतिवद्धताका लागि युनेस्कोले अगष्ट ५ का दिन एउटा कार्यक्रमको आयोजना गर्यो । मलाला युसफजाइको उदाहरण पेश गर्दै युनेस्कोका तपराज पन्तले कसरी एक जना सशक्तिकृत बालिकाले समुदायमा अन्य बालिकाहरुलाई सशक्तिकरण गर्न सक्छिन् भनेर वर्णन गर्नु भयो ।

सवै परियोजनाहरुले युनेस्कोले बनाएको संरचना र निर्देशिका अनुसार सहयोग प्राप्त गर्नेछन् । युनेस्कोका नोरा वेग्नरले परियोजना कार्यन्वयनका चरणमा विचार पुर्याउनका लागि अभियन्ताहरुलाई आवश्यक पर्न सक्ने मूल्यमान्यता र निर्देशिकाका बारेमा चर्चा गर्नु भयो । महिला अभियन्ताहरुलाई स्वंयसेवा, जोडी सिकाइ र चेतना अभिवृद्धि जस्ता कार्य सम्पादनका लागि अधिकतम १०० दिन प्रदान गरिनेछ ।

आफ्नो अवधारणा अन्ततः परियोजनाका रुपमा कार्यन्वयन हुन गइरहेकोमा अभियन्ताहरु उत्साहित देखिएका थिए । एक जना अभियन्ता सैलजा खरेलले मेरो उत्प्रेरणा दोब्वर भएको छ र मैले मेरो परियोजनाका माध्यमबाट सकरात्मक परिवर्तनका लागि आफूले सकेसम्म उत्तम परिणाम ल्याउनेछु भन्नु भयो ।

युनेस्को र वीन टोलीले अभियन्ताहरुलाई परियोजनाका हरेक चरणहरुमा निरन्तररुपमा सरसल्लाह र सहजीकरण गरिरहनेछ ।

परियोजनाहरुलाई बालिकाको शैक्षिक अधिकारका लागि मलाला कोष र हाईनन् फण्ड्स इन ट्रष्ट मार्फत किशोरीहरुका लागि गुणस्तरीय र उपर्युक्त सिकाइको अवसर अभिवृद्धिका मार्फत सहयोग गरिएको हो ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top