10.05.2016 - UNESCO Office in Kathmandu

Fifty Female Champions Fellowship: Building a Future We Want किशोरीहरुको उन्नत भविष्यका लागि च्याम्पियन कार्यक्रम

© We Inspire Nepal

Empowering women and girls with more choices and more freedoms is crucial to achieving a better future for all.

50 young women, selected out of more than 200 applicants, were rigorously trained for two days as a part of 50 Female Champions Fellowship program. The fellowship program was designed to uplift inspiring females by providing required skills and motivation aimed at triggering change in their communities across the Kathmandu Valley and nearby suburbs.

The idea was conceived by UNESCO in partnership with We Inspire Nepal to discover those young women who are doing their small part to make the world a better place and are contributing to the development of their communities with strong determination and commitment.

Participants belonged to diverse fields ranging from the beauty industry, law, and agriculture to community volunteering, the development sector, the creative arts and urban-rural mediation.

The training consisted in a panel discussion and a series of motivation-enhancing exercises such as campaigning strategies, project management, personal development and team building. The panel discussion was designed by a group of highly experienced individuals representing various sectors, who gathered to discuss female rights and provisions in the Nepalese constitution, the involvement of women in the education sector globally and nationally, as well as the challenges and opportunities of educating girls.

Gagan Thapa, Parliament Member and one of the panelists, highlighted the provisions ensuring women’s rights and access to education included in Nepal’s new constitution. Tap Raj Pant, from UNESCO, sketched-out how globally and locally females can participate in the education sector. He highlighted the role the 50 champions can play in empowering other girls across Nepal. Members of the panel representing the LGBTQ community discussed the additional challenges that third-gender individuals face in the Nepalese Society both in and out of school.

A separate session on Sexual and Reproductive Health (SRH) was conducted to train champions on sexuality and the strategies to counter the challenges of SRH issues among adolescent girls.

Following the two-day training, the 50 participating champions were asked to make concrete plans on how to contribute to the empowerment of other adolescent girls in need. Most presented their ideas according to their field of expertise and experiences.

In the framework of this fellowship program, trained champions shall now be involved in other ongoing UNESCO programs. They will work with marginalized adolescent girls and train them to become champions in their communities.

The training was funded by the project under the Malala Fund for Girls’ Right to Education.

सवैका लागि सुन्दर भविष्य निर्माण गर्ने लक्ष्य प्राप्तीका लागि धेरै भन्दा धेरै अवसर र स्वतन्त्रताका माध्यमबाट महिला तथा बालिकाको सशक्तिकरण गर्नु अति महत्वपूर्ण छ । 

२०० भन्दा बढि आवेदकहरु मध्येबाट छनौट गरिएका ५० युवा महिलालाई “५० किशोरी च्याम्पियन कार्यक्रम” अन्तरगत सघनरुपमा तालिम प्रदान गरियो । प्रेरणात्मक कार्य गरिरहेका किशोरीहरुलाई आवश्यक सीप र उत्प्रेरणका माध्यमबाट उनीहरुको स्तरोन्नती गरी काठमाडौँ उपत्यका र नजिकका वस्तीहरुमा परिर्वतनको लहर ल्याउने उद्धेश्यले उक्त कार्यक्रम बनाइएको हो । 

युनेस्कोले वी इन्स्पायर नेपालसँगको साझेदारीमा यो संसारलाई सुन्दर बनाउनका लागि आफू सक्दो प्रयास गरिरहेका तथा दृढनिश्चय र प्रतिवद्धताका साथ आफ्नो समुदायको विकासमा योगदान पु¥याइ रहेका युवा महिलाहरुको खोजी गर्ने जमर्को गरेको हो । 

सौन्दर्य उद्योग, कानुन, कृषि देखि समुदाय स्वयंसेवा, विकास, सृजनात्मक कला र शहर तथा ग्रामीणक्षेत्रका बीच मध्यथता गरिरहेका गरि विभिन्न क्षेत्रसँग सम्बन्धित युवा महिलाहरु उक्त कार्यक्रमका सहभागि भएका थिए । 

तालिममा विभिन्न क्षेत्रका विज्ञहरुको प्रस्तुतीमा आधारित छलफल लगायत रणनीति निर्माणका लागि सञ्चालन गर्ने अभियान, परियोजना व्यवस्थापन, टोली निर्माण आदि विषयहरुमा उत्प्रेरणा अभिवृद्धि गर्ने विभिन्न अभ्यासहरु पनि समावेश गरिएको थियो । नेपालको संविधानमा महिलाका लागि के कस्तो हक र व्यवस्था गरिएको छ, राष्ट्रिय र विश्वस्तरमा नै शिक्षामा महिलाहरु के कसरी सहभागि भइरहेका छन् र बालिका शिक्षाका क्षेत्रमा केकस्ता चुनौती र अवसरहरु छन् भन्ने विषयमा छलफल गर्न विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने अनुभवी व्यक्तिहरुको सहभागिता रहेको थियो । 

छलफलका एक जना सहभागी व्यवस्थापिका संसदका सदस्य गगन थापाले नेपालको संविधानमा उल्लेखित महिला अधिकार र शिक्षामा उनीहरुको पहुँचका बारेमा प्रष्ट पार्नु भयो । युनेस्कोका तपराज पन्तले विश्वभरि र स्थानीय स्तरमा शिक्षा क्षेत्रमा महिलाहरु कसरी सहभागी बन्न सक्छन् भन्ने बारेमा एउटा रुपरेखा प्रस्तुत गर्नु भयो । वहाँले पचासजना किशोरी च्याम्पियनहरुले नेपालै भरिका अन्य बालिकाहरुको  सशक्तिकरणका लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने विचार व्यक्त गर्नु भयो । लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गर्ने एकजना सहभागीले तेस्रो लिंगीहरुले नेपाली समुदायमा विद्यालय भित्र र बाहिर सामना गर्नु परेका थप चुनौतीहरुका बारेमा चर्चा गर्नु भयो । 

च्याम्पियन महिलाहरुलाई यौनिकता र किशोरीहरुले यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित चुनौतिहरुको सामना गर्ने रणनीतिका बारेमा तालिम दिन यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि छुट्टै सत्र सञ्चालन गरिएको थियो । 

उक्त तालिम पश्चात सहभागी ५० जना किशोरी च्याम्पियनलाई  अन्य किशोरीहरुको सशक्तिकरण गर्नु पर्दा कसरी योगदान पु¥याउन सकिन्छ भनेर एउटा ठोस योजना बनाउन लगाइएको थियो । धेरैले आफ्नो क्षमता र अनुभवका आधारमा आआफ्ना विचारहरु प्रस्तुत गरेका थिए । 

छात्रवृत्ति कार्यक्रमको प्रारुप अन्तरगत तालिम प्राप्त अगुवा महिलाहरु अव युनेस्कोद्वारा सञ्चालित अन्य कार्यक्रमहरु संलग्न हुनेछन् । उनीहरुले सीमान्तकृत किशोरीहरुसँग काम गरि उनीहरुलाई समुदायमा च्याम्पियनको रुपमा अघि बढ्न तालिम दिने छन् । 

शिक्षामा बालिका अधिकारका लागि मलाला कोष अन्तरगत सञ्चालित परियोजनाबाट प्राप्त आर्थिक सहयोगमा यो तालिम सञ्चालन गरिएको हो ।

 




<- Back to: UNESCO Office in Kathmandu
Back to top