07.09.2017 - UNESCO Office in Kathmandu

Gender Responsive Budgeting and Gender Sensitive Development for Education 2030 शिक्षा २०३० कार्यक्रमका लागि लैंगिक उत्तरदायी बजेट तथा लैंगिक संवेदनशील नीति निर्माण

©UNESCO -

On 4-5 September, UNESCO in collaboration with Ministry of Education, Korean International Cooperation Agency (KOICA), UNFPA, and UN Women, organized the two-day workshop “Achieving Education 2030 Agenda through Gender Responsive Budgeting and Gender Sensitive Policy Development”.

Mr. Christian Manhart, UNESCO Representative to Nepal, offered the welcoming remarks. Mr Manhart briefed participants on the UNESCO-UNFPA-UN Women Joint Progamme working with adolescent girls and young women in five districts across Nepal:  Achham, Bajura, Rautahat, Sarlahi, and Sunsari. The Joint Programme aims to invest in the education sector, but also to strengthen linkages with health and other relevant sectors to better empower women and girls. 

Mr. Manhart’s presentation was followed by remarks from Ms Wenny Kusuma, UN Women Representative to Nepal, Mr. Hyungkyoo Kim, Country Director, KOICA Nepal Office, Hon. Badri Pandey, Chief Guest of the event and also Member of Parliament and Parliamentary Committee on Women, Children, Senior Citizen, and Social Welfare, and Mr. Dilli Ram Rimal, Joint Secretary of the Ministry of Education.

Experts including, Mr. Hari Lamsal, Joint Secretary of Ministry of Education, Ms. Saraswoti Bharati from Tribhuvan University, Mr. Udaya Manandhar from Samunnat Nepal and Mr. Ganesh Chaulagain from UN Women presented on the issues concerning Gender Responsive Budgeting (GRB) and Gender Sensitive Policy Development (GSPD). Their presentation helped officials, part of the policy making and implementation process, in being well familiarized with the overall concepts of GRB and GSPD. Officials also participated in a series of working groups, which helped them deepen their understanding of the concept of GRB and GSPD.

Mr. Khagraj Baral, Secretary of Ministry of Women, Children, and Social Welfare, offered the closing speech. In his speech Mr Baral emphasized the need of providing better livelihood options for women in Nepal. He suggested that the process of GRB and GSDP can help in working towards this end. 

The workshop was held in Kathmandu at the Hotel Yak and Yeti. Altogether 40 officials, representing the Ministry of Education, Ministry of Women, Children, and Social Welfare, Ministry of Health, national and international Non-governmental organizations, development partners, and other stakeholders participated in the event.

Supported by KOICA, the workshop was part of the UNESCO-UNFPA-UN Women Joint Programme Empowering Adolescent Girls and Young Women through the Provision of Comprehensive Sexuality Education and a Safe Learning Environment in Nepal. The programme is working to promote access to and quality of education for adolescent girls and young women, through the provision of Comprehensive Sexuality Education and a safe learning environment in Nepal.

शिक्षा २०३० कार्यक्रमका लागि लैंगिक उत्तरदायी बजेट तथा लैंगिक संवेदनशील नीति निर्माण

शिक्षा मन्त्रालय, कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका), युएनएफपीए र युएन वुमनको सहकार्यमा युनेस्कोले सेप्टेम्वर ४–५ मा “शिक्षा २०३० लक्ष्य प्राप्तिका लागि लैंगिक उत्तरदायी बजेट तथा लैंगिक संवेदनशील नीति निर्माण” विषयमा दुई दिने कार्यशालाको आयोजना ग¥यो ।

उक्त कार्यशालामा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिस्चियन म्यानहार्टले स्वागत मन्तव्य राख्नु भएको थियो । म्यानहार्टले सहभागीहरुलाई युनेस्को, युएनएफपीए र युन वुमनले किशोरी र युवा महिलाहरुसँग नेपालका पाँच जिल्लाहरुः अछाम, बाजुरा, रौतहट, सर्लाही र सुनसरीमा काम गरिरहेको संयुक्त कार्यक्रमका बारेमा छोटकरीमा चर्चा गर्नु भयो । उक्त संयुक्त कार्यक्रमले शिक्षा क्षेत्रमा लगानी गर्नुका साथै महिला र बालिकाहरुलाई सशक्तिकरण गर्न स्वास्थ्य र अन्य संबन्धित क्षेत्रहरुमा सम्पर्क सुदृढ गर्ने लक्ष्य राखेको छ ।

श्री म्यानहार्टको प्रस्तुती पछि युएन वुमनका नेपाल प्रतिनिधि श्री वेन्नी कुसमा, कोइका नेपालका देशीय निर्देशक ह्युङक्यू किम, कार्यक्रमका मुख्य अतिथि एवं सांसद तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण संसदीय समितिका सदस्य माननीय बद्री पाण्डे र शिक्षा मन्त्रालयका सहसचिव श्री डिल्ली राम रिमालले बोल्नु भएको थियो ।

शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, त्रिभुवन विश्वविद्यालयका सरस्वती भारती, समुन्नत नेपालका उदय मानन्धर र युएन वुमनका गणेश चौलागाई लगायतका विज्ञहरुले लैंगिक उत्तरदायी बजेट निर्माण र लैंगिक संवेदनशील नीति निर्माण सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँहरुको प्रस्तुतीले नीति निर्माण र कार्यान्वयन  प्रक्रियाका हिस्सा रहेका कर्मचारीहरुलाई यी विषयका अवधारणाहरुसँग राम्रोसँग परिचित हुन सहयोग पु¥यायो । कार्यशालाका क्रममा आयोजना गरिएका थुप्रै कार्य समूहमा पनि उनीहरु सहभागी भएका थिए जसले यी विषयहरुका अवधारणाहरुमा उनीहरुको बुझाइलाई अझै गहिरो बनाउन सहयोग पु¥याएको थियो ।

कार्यशालाको समापन मन्तव्य महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालयका सचिव खगराज बरालले राख्नु भएको थियो । आफ्नो मन्तब्यमा, श्री बरालले नेपालमा महिलाहरुका लागि जीविकोपार्जनका अझै राम्रा विकल्पहरु प्रदान गर्नु पर्ने आवश्यकता माथि जोड दिनु भयो । यसका लागि  लैंगिक उत्तरदायी बजेट निर्माण र लैंगिक संवेदनशील नीति निर्माण प्रक्रियाले सहयोग गर्न सक्ने बताउनु भयो ।

कार्यशाला होटल याक एण्ड यतिमा आयोजना गरिएको थियो । शिक्षा मन्त्रालय, महिला, वालवालिका तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, विकास साझेदारका प्रतिनिधि तथा अन्य सरोकारवालहरु सहित ४० जना कर्मचारीहरु कार्यक्रममा सहभागी भएका थिए ।

कोइकाको सहयोगमा सञ्चालित उक्त कार्यशाला युनेस्को–युएनएफपीए–युएनवुमनद्वारा संयुक्तरुपमा सञ्चालित नेपालमा विस्तृत यौनिकता शिक्षा तथा सुरक्षित सिकाइ वातावरणको व्यवस्थाका माध्यमबाट किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण कार्यक्रमकै एक हिस्सा हो । कार्यक्रमले नेपालमा विस्तृत यौनिकता शिक्षा र सुरक्षित सिकाइ वातावरणको प्रावधानका माध्यमबाट किशोरी र युवा महिलाहरुका लागि शिक्षाको पहुँच र गुणस्तर प्रबर्द्धन गर्न काम गरिरहको छ ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top