06.09.2016 - UNESCO Office in Kathmandu

Girls’ Education: Capacity-Building Training for Gender Focal Points held in Chitwan, Pokhara चितवन र पोखरामा लैंगिक सम्पर्क व्यक्तिहरुलाई बालिका शिक्षा सम्बन्धी क्षमता विकास तालिम

© UNESCO -Capacity building of gender focal points

Serving as a gender focal point within district education office confers a whole new and important set of responsibilities and duties for empowering gender and equity at schools. Gender focal points strengthen the community’s ability to create the conditions for women and men alike, from all walks of life, to enjoy the benefits of education and development.

UNESCO and the Department of Education (Gender and Equity Development Section) jointly organized two trainings reorienting and revitalizing the role and contribution of gender focal points in promoting girls education across Nepal.

Two- day training programs were held in Chitwan and Pokhara on August 26 and 27; and 29 and 30 respectively, gathering gender focal points from over 50 district education offices across Nepal.

Interactive sessions on the status of Adolescent Girls’ Education in Nepal were facilitated by Raghav Pratap Thakur from UNESCO.

Case studies, character-oriented video stories, infographics and discussions on the challenges ahead, inspired participants to make a meaningful change in their respective communities.

In Chitwan, Thakur talked about how despite the scenario of girls’ education looks brighter, “cooperation and commitment from families and society at large is occurring at a slow pace; the role of teachers can be vital in this regard”.

Manuja Baral from the Department of Education highlighted how the Consolidated Equity Strategy, 2014 has helped Nepal making giant leaps in terms of girls’ education. She encouraged participants to work in groups to address the various dimensions influencing girls’ education and equity, including gender discrimination, socio-economic status, health and nutrition, ethnicity, vulnerability and geography.

Gender focal points highlighted their recent successes and challenges in terms of girls’ education in their respective districts.

Basanta Prasad Koirala from the Department Of Education facilitated a session on Nepal’s Amended Education Act through a gender perspective. He further encouraged participants to study different sections of the Act and present their findings. He briefed participants on the concept of “Suggestion Box” and how to strengthen its effectiveness in schools.

Nora Wegner from UNESCO made a presentation on Gender Sensitive Education in Nepal’s post-disaster context, highlighting the need to integrate gender sensitivity into the Disaster Risk Reduction Strategy.

Khadga Kamal, District Education Officer, Syangja, shared the positive impacts of the trainings on women head teacher leadership as well as accounting system held in the district with the support of UNESCO in 2015 and 2016 respectively.

Findings showed that when female teachers are empowered, their performance becomes exemplary and consequently contributes in promoting girls’ education. On the second day of the training, participants played Margolis Circle- an interactive group game based on a peer-to-peer model. Every participant noted a problem concerning girls’ education and later asked for solutions to fellow trainees.  This allowed for a wide array of viewpoints to be shared.

Additionally, participants worked in  groups representing family, community and school tackling the theme “Breaking the challenges of educating girls.” The trainings were funded by the projects under the Malala Fund for Girls’ Education and China Hainan Funds in Trust.

चितवन र पोखरामा लैंगिक सम्पर्क व्यक्तिहरुलाई बालिका शिक्षा सम्बन्धी क्षमता विकास तालिम

जिल्ला शिक्षा कार्यालयमा लैंगिकता सम्बन्धी जिम्मेवार कर्मचारीका रुपमा सेवा प्रदान गर्दा विद्यालयहरुमा लैंगिक सशक्तिकरण र समतासँग सम्बन्धित नयाँ र महत्वपूर्ण जिम्मेवारीहरु समेत काँधमा आइपर्छन् । लैंगिक सम्पर्क व्यक्तिले सबै तह र तप्काका महिला र पुरुषहरुका लागि शिक्षा र विकासबाट समानरुपमा लाभान्वित हुने वातावरण निर्माणका लागि समुदायको क्षमतालाई सुदृढ गर्छन् ।

युनेस्को र शिक्षा विभाग अन्तरगतको लैंगिक समविकास शाखाको संयुक्त आयोजनामा नेपालमा बालिका शिक्षाको प्रवद्धनार्थ लैंगिक सम्पर्क व्यक्तिले खेल्न सक्ने भूमिका र योगदानका विषयमा पुनःअभिमुखिकरण र पुनर्जीवित गर्ने उद्धेश्यले दुई दिने तालिम सम्पन्न भयो ।

दुई दिवसीय यी तालिम चितवनमा अगष्ट २६ र २७ तथा पोखरामा अगष्ट २९ र ३० मा सम्पन्न भएका थिए जहाँ नेपालभरिका ५० भन्दा बढि जिल्ला शिक्षा कार्यालयका लैंगिक सम्पर्क व्यक्तिको सहभागिता रहेको थियो ।

तालिमका क्रममा नेपालमा किशोरी शिक्षाको अवस्थाका बारेमा युनेस्कोका राघव प्रताप ठाकुरले अन्तरक्रियात्मक सत्रहरु सञ्चालन गर्नु भएको थियो ।

घटना अध्ययन, चरित्र चित्रण गरिएका श्रब्यदृष्य सामाग्रीहरु, आगामी दिनमा आउन सक्ने चुनौतीहरुका सम्बन्धमा सूचनाले भरिएका इन्फोग्राफिक्स र छलफलले सहभागीहरुलाई उनीहरुको आफ्नो समुदायमा अर्थपूर्ण परिवर्तन ल्याउनका लागि अभिप्रेरित गरेको थियो ।

चितवनको कार्यक्रममा ठाकुरले बालिका शिक्षाको अवस्था उज्जल हुँदाहुँदै पनि “परिवार र अझ आमरुपमा समाजले उनीहरुलाई गर्ने सहयोग र प्रतिबद्धतामा अझै पनि सुस्तता छाएका कारण यस्तो सन्दर्भमा शिक्षकहरुको भूमिका कसरी महत्वपूर्ण हुन सक्छ” भनेर चर्चा गर्नु भयो ।

शिक्षा विभागका मनुजा वरालले समता सम्बन्धी कन्सोलिडेटेड इक्वीटी स्ट्रयाटेजी २०१४ ले बालिका शिक्षाका क्षेत्रमा विशाल छलाङ मार्ने काममा कसरी सहयोग पु¥याएको छ भनेर प्रकाश पार्नु भयो । वहाँले सहभागीहरुलाई लैंगिक विभेद, सामाजिक—आर्थिक अवस्था, स्वास्थ्य र पोषण, जातीयता, जोखिम र भौगोलिक बनावट लगायत बालिका शिक्षा र समतालाई प्रभाव पार्ने विभिन्न आयामहरुलाई संबोधन गर्नका लागि समूहमा काम गर्न प्रेरित गर्नु भयो ।

लैंगिक सम्पर्क व्यक्तिले बालिका शिक्षाका क्षेत्रमा आआफ्ना जिल्लाहरुमा हालै प्राप्त गरेका सफलता तथा चुनौतिहरुमाथि प्रकाश पारे ।

शिक्षा विभागका बसन्तप्रसाद कोइरालाले नेपालको संसोधित शिक्षा ऐनलाई लैंगिकताका दृष्टिकोणले व्याख्या गर्दै  सत्र सञ्चालन गर्नु भयो । वहाँले अगाडि सहभागीहरुलाई ऐनका विभिन्न भागहरुको अध्ययन गरी आफूले प्राप्त गरेका कुराहरु राख्न प्रेरित गर्नु भयो । सहभागीहरुलाई “सुझाव पेटिका” को अवधारणाका बारेमा बताउँदै वहाँले विद्यालयमा यसको प्रभावकारीतालाई कसरी बढाउने भनेर चर्चा गर्नु भयो ।

युनेस्कोका नोरा वेग्नरले विपदपश्चातको परिवेशमा नेपालमा लैंगिक संवेदनशील शिक्षाका बारेमा प्रस्तुतीकरण गर्दै लैंगिक संवेदनशीलता र विपद जोखिम न्यूनिरण रणनीतिलाई एककिृत गर्नु पर्ने आवश्यकता औँल्याउनु भयो ।

स्याङ्जाका जिल्ला शिक्षा अधिकारी खड्ग कमलले युनेस्कोको सहयोगमा सन् २०१५ र २०१६ मा सञ्चालित क्रमशः महिला प्रधानाध्यपकको नेतृत्व र लेखा प्रणाली तालिमहरुको सकरात्मक प्रभावका बारेमा चर्चा गर्नु भयो ।

महिला शिक्षकहरु सशक्तिकृत हुँदा उनीहरुको कार्यप्रगती उदाहरणीय बन्ने र परिणामतः बालिका शिक्षाको प्रवर्द्धनमा योगदान पुग्ने प्राप्त तथ्यांकहरुले देखाएका छन् । तालिमको दोस्रो दिन सहभागीहरुले जोडी बनाइ खेल्नु पर्ने मर्गोलिस सर्कल नामक अन्तरक्रियात्मक खेल खेलेका थिए । हरेक सहभागीहरुले बालिका शिक्षासँग सम्बन्धित समस्याहरुलाई टिपोट गरी सहपाठी प्रशिक्षार्थीसँग संभावित समाधान के हुन सक्ला भनेर सोधेका थिए । यसले एकार्कालाई प्रशस्त दृष्टिकोणहरु बाँड्न संभव बनाएको थियो ।

यसका अतिरिक्त “बालिका शिक्षाका चुनौतिहरु तोडौँ” भन्ने विषयवस्तुमा केन्द्रित रहि परिवार, समुदाय र विद्यालयहरुलाई प्रतिनिधित्व गर्दै सहभागीहरुले समूहमा काम गरेका थिए । तालिम बालिका शिक्षाका लागि मलाला कोष र चाइना हाइनान फण्ड्स इन ट्रष्टद्वारा सञ्चालित परियोजनाको आर्थिक सहयोगमा सञ्चालन गरिएको थियो ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top