07.12.2018 - UNESCO Office in Kathmandu

Journalists receive orientation on reporting Comprehensive Sexuality Education in mainstream media मूलधारका मिडियाहरुमा विस्तृत यौनिकता शिक्षा रिपोर्टिङसम्बन्धी पत्रकारहरुलाई अभिमूखिकरण

© UNESCO

Journalists who have been reporting on education issues have said the Comprehensive Sexuality Education (CSE) and safe learning environment for girls and young women is under-reported in the media. After receiving a two-day orientation on CSE organized by UNESCO with Education Journalists' Network (EJON) in Daman, Makwanpur District, the participants expressed that they have more clarity on mainstreaming this educational component in their reporting now.

"Girls' performance in the school is highly determined by a girl-friendly infrastructure and the environment of the school. I have realized that I can make a difference to those students by raising these sensitive issues in the media," said Durga Devi Lamichhane, a reporter from Aarthik Abhiyan Dainik. 

In addition, Chairperson of EJON, Prakriti Adhikari, stressed that sexuality education should not be ignored in school textbooks but needs to be broadened by creating an atmosphere where students receive correct and adequate information related to their reproductive health, consequences of early marriage and empowerment against gender-based violence. 

Senior journalist Dharmendra Jha gave a presentation on the possible reporting issues of CSE, highlighting that neither reporters nor their managers have adequate awareness of sexuality education. "Despite having worked in managerial positions in national media for years, I must admit, the issue never became my focus," he said. 

"The media have an important role to play in creating awareness but if they themselves shy away from doing that, we cannot expect the needed changes in society," said Jha, reminding the journalists of their roles. 

Dr Khem Karki, faculty at the Institute of Medicine, Tribhuvan University, said that sexuality education is related to every aspect of human beings, starting even before birth and continuing to the end of life. Various factors that range from physical, mental, cultural, social, religious to economic contribute to the sexuality of an individual. 

"Nepal has done remarkable progress in decreasing child, infant and maternal mortality. The awareness through the school curriculum was a contributing factor. With health education gone from the list of compulsory subjects, there is a chance we will fail to maintain best practices moving ahead," he added. 

The International Technical Guidance on Sexuality Education, prepared by six UN agencies including UNESCO, categorizes CSE into eight branches which include sexual and reproductive health, sexuality and sexual behaviour, skills for health and well-being, and understanding gender.

The UNESCO-UNFPA-UN Women joint programme, supported by KOICA, is working in five districts of Nepal to enhance access, participation, transition and achievement in education and functional literacy, especially for adolescent girls and young women. Balaram Timalsina, Head of Education in UNESCO Kathmandu, said the project is breaking the taboo attached to sexuality and reproductive health by reaching out to the unreached through policy interventions as well as through its activities in schools and communities.

मूलधारका मिडियाहरुमा विस्तृत यौनिकता शिक्षा रिपोर्टिङसम्बन्धी पत्रकारहरुलाई अभिमूखिकरण 

शिक्षासँग सम्बन्धित विषयमा रिपोर्टिङ गर्ने पत्रकारहरुले विस्तृत यौनिकता शिक्षा र बालिका तथा युवा महिलाहरुका लागि सुरक्षित सिकाइको वातावरणबारे कमैमात्र रिपोर्टिङ हुने गरेको बताएका छन् । युनेस्कोद्वारा शिक्षा पत्रकार सञ्जाल (इजोन)सँगको सहकार्यमा मकवानपुर जिल्लाको दामनमा आयोजित दुईदिने विस्तृत यौनिकता शिक्षा अभिमूखिकरण कार्यक्रम पश्चात सहभागीहरुले आफ्नो रिपोर्टिङमा यो शैक्षिक विषयवस्तुलाई मूलप्रवाहीकरण गर्ने सम्बन्धमा थप प्रष्ट भएको जनाएका छन् । 

कार्यक्रमका एकजना सहभागी आर्थिक अभियान दैनिकका दुर्गा देवी लामिछानेले “विद्यालयमा बालिकाहरुको कार्यप्रगतिलाई धेरै हदसम्म बालिका-मैत्री पूर्वाधार एवं विद्यालयको वातावरणले निर्धारण गर्ने गर्दछन् । यी संवेदनशील विषयहरुलाई उठाएर त्यस्ता विद्याार्थीहरुका लागि महत्वपूर्ण योगदान पु¥याउन सक्छु भन्ने लागेको” बताउनु भयो ।

त्यसैगरी, इजनका अध्यक्ष प्रकृती अधिकारीले विद्यालयका पाठ्य-पुस्तकहरुमा यौनिकता शिक्षालाई बेवास्ता गर्न नहुने, बरु विद्यार्थीहरुले उनीहरुको प्रजनन स्वास्थ्य, कम उमेरमा विवाह गर्दा आउन सक्ने (नकरात्मक) परिणामहरु तथा लैंगिकतामा आधारित हिंसाका विरुद्ध सशक्तिकरणसँग सम्बन्धित सहि र पर्याप्त जानकारीहरु प्राप्त गर्ने वातावरणको सृजना गरी यसलाई थप फराकिलो पार्नुपर्ने आवश्यकतामाथि जोड दिनु भयो । 

वरिष्ठ पत्रकार धर्मेन्द्र झाले वृहत यौनिकता शिक्षा रिर्पोटिङसँग सम्बन्धित सम्भावित सवालहरुकाबारेमा प्रस्तुति दिनुभयो । प्रस्तुतिका क्रममा उहाँले यौनिकता शिक्षाकाबारेमा संवाददाता एवं उनीहरुका म्यानेजरहरु दुवैलाई यथेष्ट ज्ञान नरहेको चर्चा गर्नुभयो । “वर्षौसम्म राष्ट्रिय आमसञ्चारमाध्यममा व्यवस्थापकीय भूमिकामा रहेर काम गरेको भएतापनि यो सवाल कहिल्यै पनि मेरो प्राथमिकतामा नपरेको मैले स्वीकार गर्नैपर्छ” उहाँले भन्नु भयो ।

“जनचेतना जगाउनमा मिडियाको महत्वपूर्ण भूमिका हुने गर्दछ तर यदि उनीहरुनै यसो गर्नमा लजाउँछन् भने हामीहरुले समाजमा आवश्यक परिवर्तनको अपेक्षा गर्न सक्दैनौँ”, पत्रकारहरुलाई उनीहरुको जिम्मेवारी स्मरण गराउँदै झाले भन्नु भयो । 

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका डा. खेम कार्कीले यौनिकता शिक्षा, मान्छे जन्मिनु अघिदेखि उसको मृत्युसम्मका, मानव जीवनका हरेक पक्षहरुसँग सम्बन्धित भएको बताउनु भयो । शारीरिक, मानसिक, साँस्कृतिक, सामाजिक, धार्मिकदेखि आर्थिक लगायतका थुप्रै तत्वहरुले व्यक्तिको यौनिकतामा योगदान पुर्याउँछन् । 

उहाँले अगाडि भन्नु भयो, “बाल, शिशु एवं मातृ मृत्युदर घटाउन नेपालले उल्लेखनीय प्रगति हाँसिल गरेको छ । विद्यालयमा पाठ्यक्रमका माध्यमबाट जागृत गरिएको जनचेतनाको यसमा महत्वपूर्ण योगदान रहेको थियो । स्वास्थ्य शिक्षा अनिवार्य विषयको सूचीबाट हटेपछि उत्तम अभ्यासहरुलाई अगाडि बढाउने कुरालाई निरन्तरता दिनमा हामी असफल हुनसक्ने संभावना छ ।” 

युनेस्को लगायत छ वटा युएन निकायहरुले तयार पारेको यौनिकता शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय प्राविधिक निर्देशिकाले विस्तृत यौनिकता शिक्षालाई आठवटा शाखाहरुमा वर्गीकृत गरेको छ जसमा यौनिकता एवं प्रजनन स्वास्थ्य, यौनिकता एवं यौनिक व्यवहार, स्वास्थ्य र सुखका सिपहरु र लैंगिकता सम्बन्धी बुझाइलगायत पर्दछन् । 

कोइककाको सहयोगमा युनेस्को, युएनएफपीए र युएन वुमनद्वारा संयक्तरुपमा सञ्चालित यो परियोजना शिक्षा र कार्यमूलक साक्षरतामा, खासगरेर किशोरी एवं युवा महिलाहरुका लागि पहूँच, सहभागिता, संक्रमण एवं उपलब्धीहरुलाई अभिवृद्धि गर्न नेपालका पाँचवटा जिल्लाहरुमा काम गरिरहेको छ ।  युनेस्कोमा शिक्षासम्बन्धी कार्यक्रमका प्रमुख बलराम तिमल्सिनाले यौनिकता र प्रजनन स्वास्थ्यलाई वर्जित विषय मानिने गरेकोमा परियोजनाले नीतिगत हस्तक्षेपका साथसाथै विद्यालय र समुदायमा विभिन्न गतिविधिहरुमार्फत नपुगिएका ठाउँहरुसम्म पुगेर त्यस्तो अवधारणालाई तोडेको बताउनु भयो । 




<- Back to: UNESCO Office in Kathmandu
Back to top