01.09.2016 - UNESCO Office in Kathmandu

Kathmandu Valley: Training Local Architects and Engineers in Conserving Traditional Houses काठमाडौँ उपत्यकामा परंरपरागत ढाँचामा बनाइएका घरहरुको संरक्षणार्थ स्थानीय वास्तुकार र इञ्जिनियरहरुलाई तालिम

© Centre for Integrated Urban Development -A traditional Newari House at Patan

The 2015 earthquake damaged a large number of traditional houses in the Kathmandu Valley. The Post Disaster Needs Assessment estimates that more than 95% of the damaged houses in heritage settlements are traditional houses. These structures bear heritage value and are an important component of Nepal’s intangible heritage. Overall, as many as 52 traditional settlements were adversely affected by the earthquake. Sampling in four traditional towns - Sankhu, Panga, Bungamati and Khokana - shows that 5,063 houses were adversely damaged out of which 74% completely collapsed.

UNESCO in collaboration with UN-Habitat and the Centre for Integrated Urban Development, organized a five-day training, on conserving heritage settlements, art and architecture on August 22- 26. The training aimed at enhancing capacities of architects and engineers on traditional building and damaged house conservation.

“The successful reconstruction of the Kathmandu Valley can serve as a model that can be replicated across the globe. Heritage is part of the cultural identity of the Nepali people both in the country’s present and future,” said Christian Manhart, UNESCO Representative to Nepal.

Today, the major challenge involves the fact that owners have started constructing or repairing their houses using cement and concrete - granting little or no attention to the conservation of traditional art and architecture. The inadequate knowledge of municipal and practicing architects and engineers regarding the architectural, structural aspects of traditional houses, is aggravating this issue. Scarcity of traditional materials, such as wood and quality mortar, coupled with unskilled manpower, means that rebuilding damaged or destroyed traditional structures remains a challenge.

“Engineers and architects are not well equipped with such knowledge and skills. During the reconstruction phase, they remain the most reliable advisors in the eyes of citizens, although they might favor concrete buildings to traditional constructions”, said P. S. Joshi, Programme Manager at UN Habitat.  “Hence, I believe that this training is extremely helpful in conserving our heritage houses, traditional arts and architecture”, he added. Trainees were encouraged to “share and multiply” their newly acquired knowledge.

Dhruba Sharma, Member, Executive Committee in National Reconstruction Authority, explained how the training will help in the campaign of saving Nepal’s heritage and handing it over to the next generation.

Eminent conservation architects and structural engineers delivered a series of presentations on relevant topics. Thirty-two participants from various locations within the Kathmandu Valley visited Patan and adjacent areas. Of them- 19 engineers and 13 architects were from Bungamati, Khokana, and few from other parts of Kathmandu-13 were female.

“Most of us had previously come across such construction methods, however, we now finally know how to put them into practice,” said Surendra Khadgi, a civil engineer from Bungamati.

Main guests during the closing session included Dhruba Sharma, Member, Executive Committee in National Reconstruction Authority, Christian Manhart, UNESCO Representative to Nepal, Padma Sundar Joshi, Program Manager, UN-Habitat, and Prem Bhakta Maharjan, Bungamati Reconstruction Committee.

Similar trainings have been schedule for several other historic settlements across Nepal.

काठमाडौँ उपत्यकामा परंरपरागत ढाँचामा बनाइएका घरहरुको संरक्षणार्थ स्थानीय वास्तुकार र इञ्जिनियरहरुलाई तालिम

सन् २०१५ को भूकम्पका कारण काठमाडौँ उपत्यकाका थुप्रै परंपरागत घरहरुमा क्षति पुग्यो । विपदपश्चात गरिएको आवश्यकता आकँलनका अनुसार सम्पदास्थलमा भत्किएका ९५ प्रतिशत परंपरागतढाँचामा बनाइएका घरहरु थिए । यस्ता संरचनाहरु सम्पदाका दृष्टिकोणले मूल्यवान हुनुका साथै ती नेपालको अमूर्त सम्पदाका महत्वपूर्ण तत्वहरु समेत हुन् । समग्रमा ५२ वटा परंपरागत वस्तीहरु भूकम्पका कारण नराम्ररी प्रभावित बन्न पुगे । चारवटा परंपरागत नगरहरु — साँखु, पाँगा, बुङमती र खोकनामा गरिएको नमूना अध्ययनले देखाए अनुसार ५०६३ घरहरु नराम्रोसँग भत्किएका छन् जसमध्ये ७४ प्रतिशत घरहरु पूर्णरुपमा ध्वस्त भएका छन् ।

युनेस्कोले युएन ह्याविट्याट र एकीकृत शहरी विकास केन्द्रको सहकार्यमा अगस्ट २२ देखि २६ तारिखसम्म सम्पदास्थलका बस्तीहरु, कला र वास्तुकलाको संरक्षण सम्बन्धी पाँच दिने तालिम कार्यक्रमको आयोजना गर्यो । वास्तुकार र इञ्जिनियरहरुलाई परंपरागत ढाँचामा बनाइएका घरहरुको बनावट र भत्किएका घरहरुको संरक्षणार्थ उनीहरुको क्षमता अभिवृद्धि गर्नुका लागि उक्त तालिमको आयोजना गरिएको थियो ।

“काठमाडौँ उपत्यकालाई सफलतापूर्वक पुनर्संरचना गर्दा त्यसले संसारभरि यो एउटा नमूनाको रुपमा प्रतिविम्वित हुन सक्छ । सम्पदा देशको वर्तमान र भविष्य दुवैका सन्दर्भमा नेपाली जनताहरुका लागि सांस्कृतिक पहिचानको एउटा अंश हो”,  युनेस्कोका कार्यालय प्रमुख तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिस्टियन म्यानहार्टले भन्नु भयो ।

घरधनिले उनीहरुको  घर निर्माण र मर्मत गर्दा सिमेन्ट र रोडा प्रयोग गरि परंपरागत कला र वास्तुकलालाई कम महत्व दिनु वा वेवास्ता गर्नु हाल देखिएको एउटा मुख्य चुनौति हो । नगरपालिका र सिकारु वास्तुकर्मी तथा इञ्जिनियरहरुसँग परंपरागत घरहरुको वास्तुकला तथा संरचनागत पक्षका बारेमा पर्याप्त ज्ञान नहुनुले पनि यो सवाललाई अझ बढि गंभीर बनाएको छ । परंपरागत सामाग्रीहरु जस्तै काठ, गुणस्तरीय मसलाको अभाव हुनु तथा अदक्ष कर्मिहरुका कारण भत्किएका वा नष्टभएका परंपरागत घरहरुको निर्माणमा चुनौति थपिएको छ ।

“इञ्जिनियर र वास्तुकारहरु त्यति धेरैमात्रामा यसप्रकारको ज्ञार र शीपले युक्त भएका हुँदैनन् । पुनर्निर्माणको चरणमा नागरिकहरुका नजरमा उनीहरु सबैभन्दा बढि भरपर्दो सल्लाहकार देखिन्छन् यद्यपि उनीहरुले परंपरागत निर्माणभन्दा रोडायुक्त घरलाई नै बढि मन पराएका हुन सक्छन्” युएन ह्याविट्याटका कार्यक्रम व्यवस्थापक पी. एस. जोशीले भन्नु भयो । “त्यसैले यो तालिमले सम्पदा घरहरु, परंपरागत कला र वास्तुकलालाई संरक्षण गर्नका लागि अत्यन्तै सहयोग गर्नेछ भन्ने कुरामा म विश्वस्त छु” वहाँले थप्नु भयो । प्रशिक्षार्थीहरुलाई उनीहरुले सिकेको नयाँ ज्ञानलाई गुणात्मक ढंगले बढि भन्दा बढि व्यक्तिहरुलाई बाँड्नका लागि उत्प्रेरित गरिएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य ध्रुव शर्माले नेपालका सम्पदाहरुलाई जोगाउने अभियानामा सहयोग गरी आगामी पुस्तालाई हस्तान्तरण गर्न तालिमले कसरी सहयोग गर्न सक्छ भनेर वर्णन गर्नु भयो ।

प्रतिष्ठत संरक्षण वास्तुकार तथा संरचनागत इञ्जिनियरहरुले सम्बन्धित विषयहरुमा क्रमवद्धरुपमा प्रस्तुतीकरण गर्नु भयो । तालिमका क्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाटबाट आएका बत्तीसभन्दा सहभागीहरुले पाटन र आसपासका क्षेत्रहरुको भ्रमण गरेका थिए । ती मध्ये १३ महिला सहित १९ जना इञ्जिनियरहरु तथा १३ जना वास्तुकारहरु बुंगमति, खोकना लगायत काठमाडौँका अरु भाहबाट आएका थिए ।

“हामीमध्ये धेरैले यसप्रकारको निर्माणविधीका बारेमा पहिले पनि थाहा पाएका थियौँ, अहिले बल्ल त्यसलाई कसरी व्यवहारमा उतार्ने भनेर जान्यौँ” बुङमतीका सिभिल इञ्जिनियर सुरेन्द्र खड्गीले बताउनु भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य धु्रव शर्मा तथा नेपालका लागि युनेस्कोका प्रतिनिधि क्रिस्टियन म्यानहार्ट लगायत तलिमको समापन कार्यक्रममा सहभागी मुख्य अतिथिहरुमा  युएन ह्याविट्याटका कार्यक्रम व्यवस्थापक पद्म सुन्दर जोशी, बुङमती पुनर्निर्माण समितिका प्रेम महर्जन पनि हुनुहुन्थ्यो ।

भविष्यमा नेपालका अन्य थुपै्र ऐतिहासिक वस्तीहरुका लागि यस्तै खालका तालिमहरु सञ्चालन गर्ने कार्यक्रम छ ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top