29.04.2019 - UNESCO Office in Kathmandu

Localization of SDG4 in Nepal नेपालमा दिगो विकास लक्ष्य ४ को स्थानीयकरण

(c) Videh Foundation

In the context of the recent introduction of the federal governance system in Nepal, two workshops were conducted in two municipalities of Province 2, mainly focusing on integrating SDG4: “ensure inclusive and equitable quality education and promote lifelong opportunities for all” into educational plans, policies and programs.

In order to better orient local government representatives on the SDG4, and to integrate the global Education 2030 Agenda with existing policies and responsibilities at the local level, the Videh Foundation, under the UNESCO CapED Pilot Project, organized two workshops in  Ganeshman Charnath Municipality of Dhanusha District and Ishworpur Municipality of Sarlahi District in the third week of April 2019.

The Deputy Mayor of Ganeshman Charnath Municipality Mina Kumari Yadab formally launched a flier on SDGs, particularly the SDG4 on quality education and the mediums of achieving it. The flier further presents the constitutional and legal framework in regards to education in Nepal, and most importantly the mechanism for the localization of SDG4. These fliers were distributed to schools for further sensitization of educators and students.

“I always wished to bring reform to the education sector in my unit. Today, my hope and confidence for it doubled. We want collaboration with the elected representatives as well as school authorities to make it possible,” said Mina Kumari Yadav.

Director of Education Development Directorate Province 2, Ramakant Sharma gave a detailed presentation on the features of the Local Government Operation Act and highlighted the rights and duties of the local government in regards to education.  

He said, "There are many challenges around us, we all know. This is a new system of governance and we all need to do our part. Education is the greatest weapon that can bring development more holistically."

The workshops provided a platform to discuss the issues directly with all participants and provided a good model for upcoming meetings to further foster locally relevant, inclusive and gender-responsive approaches of localizing SDG4 into policies and plans. 

These events brought together all the key representatives from Ganeshman Charnath Municipality of Dhanusha District and Ishworpur Municipality of Sarlahi District, including Mayors, Deputy Mayors, Chief Administrative Officers, the Director of Education Development Directorate, as well as Ward Chairs, Women Ward Members, Resource Persons, Head Teachers, Education Officers and NGO Representatives.

नेपालमा हाल संघीय शासनप्रणालीको शुरुवात भैरहेको छ । यसै सन्दर्भमा प्रदेश नं. २ का दुइवटा नगरपालिकाहरुमा ‘समावेशी, समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने तथा सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरु प्रबर्द्धन गर्ने’ दिगो विकास लक्ष्य नं ४ मा केन्द्रित दुईवटा कार्यशालाहरु सम्पन्न भएका छन् । 

दिगो विकास लक्ष्य नं. ४ का बारेमा स्थानीय सरकारी प्रतिनिधिहरुलाई अझै राम्रोसँग अभिमूखिकरण गर्न एवं स्थानीय तहमा विद्यमान नीतिहरु तथा जिम्मेवारीहरुलाई विश्वव्यापी शिक्षा कार्यक्रम २०३० सँग जोड्ने उद्देश्य सहित युनेस्कोद्वारा सञ्चालित शिक्षाका लागि क्षमता विकास कार्यक्रमको प्रारम्भिक परियोजना अन्तरगत विदेह फाउण्डेसनले धनुषाको गणेशमान चारनाथ नगरपालिका र सर्लाहीको इश्वरपुर नगरपालिकामा दुईवटा कार्यशालाहरु आयोजना गरेको हो । कार्यशालाहरु अप्रिलको तेस्रो साता आयोजना गरिएका थिए ।

गणेशमान चारनाथमा आयोजित कार्यशालामा सो नगरपालिकाका उपमेयर मिना कुमारी यादवले दिगो विकास लक्ष्य नं. ४ सम्बन्धी जानकारी पत्रको औपचारिक विमोचन गर्नुभयो । उक्त जानकारीपत्रमा खासगरेर गुणस्तरीय शिक्षा र यसलाई प्राप्त गर्ने माध्यमसँग सम्बन्धित विषयहरु समेटिएको छ । यसमा शिक्षासँग सम्बन्धित नेपालका संबैधानिक एवं कानूनी प्रारुपहरु र अझै महत्वपूर्ण रुपमा दिगो विकास लक्ष्य नं. ४ को स्थानीयकरणका संयन्त्रहरुलाई प्रस्तुत गरिएको छ । शिक्षक तथा विद्यार्थीहरुलाई थप संवेदनशील बनाउन यी जानकारीपत्रहरुको वितरण गरिएको थियो ।

‘म सँधै मेरो क्षेत्रमा शिक्षामा सुधार ल्याउन चाहन्थेँ । आज मेरो आशा र आत्मविश्वास दुई गुणा बढेको छ । यसलाई सम्भव बनाउनका लागि हामी निर्वाचित जनप्रतिनिधिहरुका साथै विद्यालयका कर्मचारीहरुसँग सहकार्य गर्न चाहन्छौँ ।’

प्रदेश नं. २ का शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले स्थानीय सरकार कार्यसञ्चालन ऐनका विभिन्न विशेषताहरुका बारेमा विस्तृतरुपमा प्रस्तुत गर्नुका साथै शिक्षाका बारेमा स्थानीय सरकारका अधिकार एवं कर्तव्यहरुका बारेमा प्रकाश पार्नु भयो ।

उहाँले भन्नु भयो, ‘हाम्रा वरपर धेरै चुनौतीहरु भएको हामी सबैलाई थाहै छ ।  शासनप्रणालीको यो नयाँ पद्धति भएकाले हामी सबैले आआफ्नो जिम्मेवारी निर्वाह गर्नु जरुरी हुन्छ ।  शिक्षा एउटा ठूलो शस्त्र हो जसले सर्वाङ्गीण विकास ल्याउन सक्छ । ’

कार्यशालाहरुले शिक्षा सम्बन्धी सवालहरुमा सबै सहभागीहरुसँग प्रत्यक्षरुपमा छलफल चलाउने मञ्च प्रदान गर्नुका साथै आगामी दिनहरुमा दिगो विकास लक्ष्य नं. ४ लाई स्थानीयकरण गर्ने स्थानीय तहका लागि उपयोगी, समावेशी तथा लैङ्गिकउत्तरदायी उपायहरुलाई नीति तथा योजनाहरुमा समावेश गर्न आगामी बैठकहरुका लागि असल नमुना प्रदान गरेका छन् ।

यी कार्यक्रमहरुमा धनुषाको गणेशमान चारनाथ नगरपालिका र सर्लाहीको इश्वरपुर नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा विकास निर्देशनालयका निर्देशकका साथै वडा अध्यक्ष, महिला वडा सदस्य, स्रोत व्यक्ति, प्रधानाध्यापक, शिक्षा अधिकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको थियो । 




<- Back to: UNESCO Office in Kathmandu
Back to top