06.12.2017 - UNESCO Office in Kathmandu

Mainstreaming Comprehensive Sexuality Education विस्तृत यौनिकता शिक्षाको मूलप्रवाहीकरण

UNESCO, in collaboration with the Education Research and Development Centre Nepal (ERDCN) organized a Draft Training Manual Sharing Workshop to sensitize government officials on the importance of Comprehensive Sexuality Education. The workshop was organized in Kathmandu on 1 December 2017.

Over 25 officials from the Ministry of Education, Curriculum Development Centre, Department of Education, Tribhuvan University, LGBTI activists and NGOs participated in the programme. Deergha Narayan Shrestha from UNESCO highlighted the importance of the training manual to sensitize government officials on the need of comprehensive sexuality education.

Dr. Khem Bahadur Karki, author and Member-Secretary of National Health Research Council explained how sexuality is a central aspect of life. It should be understood in a broader term and should be taught to children effectively for their physical and psychosocial well-being.

The workshop was facilitated by Prof. Dr. Ram Krishna Maharjan and Prof. Dr. Bhimsen Devkota. Participants reviewed the draft manual and provided their input.

In his closing remarks, Dhruba Raj Regmi, Under Secretary of the Ministry of Education said that to mainstream comprehensive sexuality education and break taboos, it is important to sensitize government officials from the policy level to implementation level. As a result, the manual will be quite helpful in this regard.

The programme was supported under the Joint Programme of UNESCO – UNFPA – UN Women funding from KOICA ‘Empowering Adolescent Girls and Young Women through the Provision of Comprehensive Sexuality Education and a Safe Learning Environment in Nepal’.

विस्तृत यौनिकता शिक्षाको मूलप्रवाहीकरण

युनेस्कोले शैक्षिक अनुसन्धान तथा विकास केन्द्र, नेपालको सहकार्यमा विस्तृत यौनिकता शिक्षाको महत्वबारे सरकारी कर्मचारीहरुलाई संवेदनशील बनाउन मस्यौदा तालिम सामाग्री सेयरिङ कार्यशालाको आयोजना गर्यो । उक्त कार्यशाला डिसेम्वर १ तारिखमा काठमाडौमा आयोजना गरिएको हो ।

कार्यक्रममा शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, शिक्षा विभाग, त्रिभुवन विश्वविद्यालय, एलजीबीटीआइ अभियन्ता एवं गैरसरकारी संस्थाका कर्मचारीहरु सहित २५ जना भन्दा बढि सहभागी भएका थिए । कार्यक्रममा युनेस्कोका दीर्घ नारायण श्रेष्ठले विस्तृत यौनिकता शिक्षाको आवश्यकताबारे सरकारी कर्मचारीहरुलाई संवेदनशील बनाउन मस्यौदा तालिम सामाग्रीको महत्वमाथि प्रकाश पार्नु भयो ।

 लेखक एवं राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदका सदस्य–सचिव डा. खेमबहादुर कार्कीले यौनिकता कसरी जीवनको महत्वपूर्ण पक्ष हो भन्नेबारेमा चर्चा गर्नु भयो । यसलाई वृहत अर्थमा बुझ्नु पर्छ र बालबालिकाहरुलाई उनीहरुको शारिरीक एवं मनोसामाजिक स्वास्थ्यका लागि प्रभावकारीरुपमा पढाइनु पर्छ ।

कार्यशालालाई प्रा.डा. रामकृष्ण महर्जन र प्रा.डा. भीमसेन देवकोटाले सहजीकरण गर्नु भएको थियो । सहभागीहरुले मस्यौता तालिम सामाग्रीको समीक्षा गरेर आफ्ना सुझावहरु दिएका थिए ।

आफ्नो समापन मन्तव्यका क्रममा शिक्षा मन्त्रालयका उपसचिव ध्रुवराज रेग्मीले विस्तृत यौनिकता शिक्षालाई मूलप्रवाहमा ल्याउन एवं यसलाई सामाजिक कलंकका रुपमा हेरिने चलनलाई तोड्न सरकारी कर्मचारीहरुलाई नीतिगत तहदेखि कार्यान्वयनको तहसम्म संवेदनशील बनाउनु आवश्यक रहेको बताउनु भयो । यस अर्थमा उक्त सामाग्री एकदमै सहायकसिद्ध हुनेछ ।

कार्यशाला कोइकाको आर्थिक सहयोगमा युनेस्को, युएनएफपीए र युएन वुमनले संयुक्तरुपमा सञ्चालन गरिरहेको “नेपालमा विस्तृत यौनिकता शिक्षा र सुरक्षित सिकाई वातावरणका माध्यमबाट किशोरी तथा युवा महिलाहरुको सशक्तिकरण” कार्यक्रम अन्तरगत आयोजना गरिएको हो ।

 




<- Back to: UNESCO Office in Kathmandu
Back to top