17.10.2017 - UNESCO Office in Kathmandu

Mobilizing Communities to Promote Literacy and Lifelong Learning साक्षरता तथा जीवनपर्यन्त सिकाईका प्रबर्द्धनका लागि समुदाय परिचालन

© UNESCO\S. Niraula

Literacy and lifelong learning are integral components of Sustainable Development Goal 4 “Ensure inclusive and equitable quality education and promote lifelong learning opportunities for all.”

With this in mind, on 13-14 October, Binayak Community Learning Center in collaboration with UNESCO organized a two-day orientation programme on the role of community stakeholders in promoting literacy and lifelong learning activities. The programme was conducted in Birtadeurali rural municipality of Kavre district. 

Bharat Tripathee, Under Secretary, Nepal National Commission for UNESCO, familiarized the participants on the concept of literacy and lifelong learning. Indra Prasad Pandey, Resource Person from Kavre, explained the various ways by which community members can promote literacy and lifelong learning activities. 

Sushav Niraula, from UNESCO, highlighted how Community Learning Centres can contribute to the process of promoting literacy and lifelong learning. He further emphasized how this can contribute to achieving Sustainable Development Goal 4. 

Altogether 45 participants, including officials from the Ministry of Education, locally elected women representatives, community leaders and stakeholders participated in the event. 

Supported under UNESCO Capacity Development for Education (CapED) programme, the two-day orientation helped community members of Birtadeurali explore possible ways of promoting literacy and lifelong learning activities. Through CLCs as one of the mediums, UNESCO has been continuously working to enhance education service delivery.         

साक्षरता तथा जीवनपर्यन्त सिकाईका प्रबर्द्धनका लागि समुदाय परिचालन

साक्षरता र जीवनपर्यन्त सिकाई “समावेशी एवं समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गरी सबैका लागि जीवनपर्यन्त सिकाईका अवसरहरुको प्रबर्द्धन गर्ने” दिगो विकास लक्ष्य नं. ४ का अभिन्न अंग हुन् ।

यसलाई ध्यानमा राख्दै युनेस्कोसँगको सहकार्यमा विनायक सामुदायिक सिकाई केन्द्रले साक्षरता र जीवनपर्यन्त सिकाई क्रियाकलापहरुमा समुदायका सरोकारवालाहरुको भूमिका सम्बन्धी दुई दिवसीय अभिमुखिकरण कार्यक्रमको आयोजना गर्यो । अक्टोवर १३ र १४ मा आयोजित उक्त कार्यक्रम काभ्रे जिल्लाको विर्तादेउराली गाउँपालिकामा सञ्चालन गरिएको थियो ।

युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका उपसचिव भरत त्रिपाठीले साक्षरता र जीवनपर्यन्त सिकाईको अवधारणाका बारेमा सहभागीहरुलाई परिचित गराउनु भयो ।

काभ्रेका स्रोतव्यक्ति इन्द्र प्रसाद पाण्डेले समुदायका सदस्यहरुले साक्षरता र जीवनपर्यन्त सिकाइ क्रियाकलापहरु प्रबर्द्धन गर्न सक्ने विभिन्न उपायहरुका बारेमा सविस्तार चर्चा गर्नु भयो ।

युनेस्कोका सुशभ निरौलाले सामुदायिक सिकाई केन्द्रहरुले कसरी साक्षरता र जीवनपर्यन्त सिकाईका योगदान दिन सक्छन् भन्ने बारेमा प्रकाश पार्नु भयो । उहाँले यसले कसरी दिगो विकास लक्ष्य नं. ४ को प्राप्तिमा योगदान दिन सक्छ भनि थप चर्चा गर्नु भयो ।

उक्त कार्यक्रममा शिक्षा मन्त्रालयका अधिकारीहरु, निर्वाचित स्थानीय महिला प्रतिनिधिहरु, सामुदायिक नेता एवं सरोकारवालाहरु सहित ४५ जना सहभागीहरुले भाग लिएका थिए ।

युनेस्कोको शिक्षाका लागि क्षमता विकास कार्यक्रम अन्तरगत सञ्चालित उक्त दुई दिने अभिमूखिकरण कार्यक्रमले विर्तादेउरालीका समुदायलाई साक्षरता र जीवनपर्यन्त सिकाइ प्रबर्द्धन गर्ने संभावित उपायहरुको खोजी गर्न सहयोग पुर्याएको छ । सामुदायिक सिकाई केन्द्रहरु शिक्षा सेवा वितरणलाई प्रभावकारी बनाउन युनेस्कोले निरन्तररुपमा काम गरिरहेका माध्यमहरु मध्ये एक हुन् ।

 




<- Back to: UNESCO Office in Kathmandu
Back to top