07.06.2016 - UNESCO Office in Kathmandu

Narrowing the Gender Gap: Workshop Highlights Role of Female Teachers विद्यालयमा लैंगिक असमानताको अन्त्यका लागि महिला शिक्षकहरुले खेल्न सक्ने भूमिका सम्बन्धी कार्यशाला सम्पन्न

© UNESCO

What can be done to improve adolescent girls’ education in Nepal and how can teachers be agents of change? From a gender equality perspective, understanding the roles female teachers play in adolescent girls’ achievement is significant. Currently, the quality of gender environment in Nepal’s schools needs improvement. Gender needs continue to not be reflected in the educational system.

In response to this gap, a one-day workshop on the ‘Role of Female Teachers for Addressing the Issues of Adolescent Girls in Nepal’ was organized by UNESCO in collaboration with the Alliance for Peace Nepal and the Boudha Resource Centre of the Kathmandu District Education Office on 3 June in Kathmandu. The workshop highlighted the imperative role female teachers can play in improving the access to and quality of adolescent girls’ education in Nepal. 

The workshop focused on revising teaching practices towards achieving gender equality in schools. National Programme Officer of UNESCO, Tap Raj Pant, explained how teachers often use examples that unknowingly perpetuate gender stereotypes such as that of fathers going to work while mothers stay at home and take care of the children. In addition, the workshop emphasized the importance of female teachers in supporting and encouraging girls to challenge gender misconceptions. 

Teachers were reminded of the need to pay attention to the problems faced by adolescent girls and provide adequate support. Female teachers should act as advocates for students when representing their perspective and promote gender equal learning at school policy level. Overall, the workshop emphasized how female teachers are key agents for change. They must play a leading role in educating adolescent females beyond gender stereotypes and support female students in becoming vehicles of change in their community. 

The program was attended by a total of 30 female teachers from various secondary schools in the Kathmandu Valley. The workshop also included discussions on how teachers can improve gender equality learning in their classrooms. Follow-up meetings will be held to discuss the status of implementation of gender equality practices, including the successes and challenges faced in Nepal’s education sector. 

The event was supported under the Malala Fund for Girls’ Education contributing to the Government of Nepal’s endeavor to achieve Sustainable Development Goal 4 on ‘Ensure inclusive and equitable quality education and promote lifelong learning opportunities for all.’ 

विद्यालयमा लैंगिक असमानताको अन्त्यका लागि महिला शिक्षकहरुले खेल्न सक्ने भूमिका सम्बन्धी कार्यशाला सम्पन्न 

नेपालमा किशोरीहरुको शिक्षास्तरमा सुधार ल्याउन के गर्न सकिएला ? शिक्षकहरु परिवर्तनका संवाहक कसरी बन्न सक्लान् ? लैंगिक समानताका दृष्टिले किशोरीहरुले प्राप्त गर्न सक्ने उपलब्धीका लागि महिला शिक्षकले खेल्न सक्ने भुमिकाका बारेमा बुझ्नु महत्वपुर्ण हुन्छ । नेपालका विद्यालयहरुमा लैंगिक वातावरणको हालको अवस्थामा पर्याप्त सुधार हुनु आवश्यक छ । शैक्षिक प्रणालीमा लैंगिक सवाललाई निरन्तर रुपमा प्रतिविम्वित गरिनु जरुरी छ । 

लैंगिक असमानतालाई संवोधन गर्ने क्रममा युनेस्कोले अलायन्स फर पीस नेपाल तथा जिल्ला शिक्षा कार्यालय, बौद्ध स्रोत केन्द्रको सहकार्यमा जुन ३ तारिखका दिन “नेपालमा किशोरीहरुको सवाल सम्बोधनका लागि महिला शिक्षकहरुको भूमिका” विषयक कार्यशालाको आयोजना ग र्यो । कार्यशालामा नेपालमा किशोरीहरुको शिक्षामा पहुँच तथा गुणस्तर सुधारमा महिला शिक्षकहरुले खेल्न सक्ने महत्वपूर्ण भूमिकाका बारेमा प्रकाश पारिएको थियो । 

विद्यालयमा लैंगिक समानता प्राप्त गर्नका लागि शिक्षण विधिमा परिमार्जन गर्ने विषयमा कार्यशाला केन्द्रित रह्यो । युनेस्कोका राष्ट्रिय कार्यक्रम अधिकृत तपराज पन्तले शिक्षकहरुले बुबा काममा जानु हुन्छ, आमा घरमै वसि बालबालिकाको स्याहार गर्नु हुन्छ जस्ता अनायाशै दिने कतिपय उदाहरणहरुले लैंगिकता सम्बन्धी यथास्थितिवादी सोँचलाई कसरी प्रश्रय दिइरहेका हुन्छन् भन्ने वारेमा चर्चा गर्नु भयो । यसका साथै लैंगिकता सम्बन्धी गलत बुझाइलाई चिर्ने काममा छात्राहरुलाई सहयोग र प्रोत्साहन गर्न महिला शिक्षकहरुको खेल्न सक्ने अहं भूमिकाका बारेमा कार्यशालामा महत्वका साथ चर्चा गरिएको थियो । 

शिक्षकहरुलाई किशोरीहरुले भोगिरहेको समस्याहरुका साथै त्यस्ता समस्याहरुको समाधानमा पर्याप्त सहयोग गर्नु पर्ने जिम्मेवारीका बारेमा समेत स्मरण गराइएको थियो । विद्यार्थीहरुको दृष्टिकोणलाई प्रतिनिधित्व गर्दै विद्यालयको नीतिगत तहमा लैंगिक समानतायुक्त सिकाइको प्रवद्र्धनका लागि महिला शिक्षकहरुले वकालत गर्नु पर्छ । उनीहरुले किशोरीहरुलाई लैंगिता सम्बन्धी परंपरागत यथास्थितिवादी सोँचाइ भन्दा पर गइ शिक्षा प्रदान गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै छात्राहरुलाई उनीहरुको समुदायमा परिवर्तनका संवाहक बन्नका लागि सहयोग समेत गर्नु पर्छ । 

कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न माध्यमिक विद्यालयहरुका तीस जना महिला शिक्षकहरुले भाग लिएका थिए । शिक्षकहरुले कक्षाकोठाहरुमा लैंगिक समानता सम्बन्धी सिकाइमा कसरी सुधार ल्याउन सक्छन् भन्ने बारेमा समेत कार्यशालामा छलफल गरिएको थियो । लैंगिक समानता सम्बन्धी अभ्यासहरुको कार्यान्वयनको अवस्था तथा नेपालको शिक्षा क्षेत्रले प्राप्त गरेका सफलता र चुनौतिहरुका बारेमा छलफल गर्नका लागि अनुगमन वैठकको आयोजना गरिने छ ।

 “समावेशी र समानतामूखी गुणस्तरीय शिक्षाको सुनिश्चिता तथा सबैका लागि जीवनपर्यन्त सिकाईको प्रवर्धन गर्ने” दीगो विकास लक्ष्य नं. ४ का सन्दर्भमा नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई योगदान पुर्याउन बालिका शिक्षाका लागि मलाला कोष अन्तरगत यो कार्यक्रम आयोजना गरिएको हो ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top