11.11.2015 - UNESCO Office in Kathmandu

Nepal: How Should We Assess Student Learning? (नेपालको सन्दर्भः विद्यार्थीको सिकाइ कसरी मापन गर्ने ? )

© UNESCO -Student learning assessment workhop

The demands of today’s world require students to learn many skills, but how should we measure their learning?

A three-day workshop jointly organized by UNESCO Bangkok and UNESCO Kathmandu from 4 to 6 November explored how using well-crafted performance assessments can powerfully affect teachers and learning. 

The workshop provided an overview of the fundamentals of learning assessment systems and examined in details tests, item development and design as well as data analysis.

 “In order to ensure quality education for all, the Government of Nepal has given high priority to student assessment at national level. This workshop provided an opportunity to review national and international assessments in order to enhance the efficiency of test construction and data analysis in Nepal,” Lekha Nath Poudel, Joint Secretary of Education Review Office (ERO) explained. 

Lekha Nath Poudel, Tap Raj Pant of UNESCO Kathmandu, Ramya Vivekanandan of UNESCO Bangkok/ NEQMAP Secretariat, put this workshop within the broader context of the Education 2030 agenda, student learning assessment trends in the region, and the work of the Network on Education Quality Monitoring in the Asia-Pacific (NEQMAP). 

Gopal Prasad Bhattarai of ERO sketched-out student learning assessment in Nepal, focusing on challenges, lessons learned and future goals. Being ready to participate in today's society requires more than just scribbling answers on an exam paper. Students in Nepal need to use knowledge in a variety of different contexts to solve problems and come up with solutions as part the so-called "21st century skills".

The workshop was facilitated by Kelvin Gregory, an expert psychometrician with over 20 years’ experience in educational assessment across the globe. Practical exercises, ample time for discussion and questions, were aimed at examining how systems of assessment can be designed strategically to support continuous improvements across all levels of the education sector. 

A total of 26 participants attended the workshop, including members of ERO, Curriculum Development Centre, Tribhuvan University, Department of Education, and National Center for Educational Development (NCED). 

The workshop was organized in the framework of the Network on Education Quality Monitoring in the Asia-Pacific (NEQMAP), coordinated by UNESCO Bangkok. The workshop was organized upon the request of ERO as a NEQMAP national technical assistance activity.

Download presentations:

1. Programme agenda

2. NEQMAP handouts

3. NEQMAP overview

4. NEQMAP process

5. NEQMAP sampling

6. Presentation by Ramya Vivekanandan Rodrigues

नेपालको सन्दर्भः विद्यार्थीको सिकाइ कसरी मापन गर्ने

आजको विश्वले विद्यार्थीहरूलाई विभिन्न सीप सिक्नुपर्ने आवश्यकता उत्पन्न गराएको छ, तर हामीले उनीहरूको सिकाइ मापन कसरी गर्ने ? 

कालीगढीपूर्ण तरिकाले तयार गरिएको कार्य सम्पादन मापनले शिक्षक तथा विद्यार्थीहरूको सिकाइलाई कसरी सशक्त ढंगले प्रभाव पार्न सक्छ भन्ने रहस्य उजागर गर्दै काठमाडौंमा गत कार्तिक १८ देखि २० गते (नोभेम्बर ४ देखि ६ तारिख) सम्म यूनेस्को ब्याङ्कक तथा यूनेस्को काठमाडौंद्वारा संयुक्त रुपमा एक तीन दिने कार्यशाला सम्पन्न गरियो । 

उक्त कार्यशालाले सिकाइ मापन प्रणालीका आधारभूत तत्वहरूको बारेमा जानकारि प्रस्तुत गर्नुका साथै जाँच, इकाइ विकास, ढाँचा तथा तथ्यांक विश्लेषणको विस्तृत रुपमा परीक्षण गर्यो । 

“सबैका लागि गुणस्तरीय शिक्षाको सुनिश्चितता प्रदान गर्न नेपाल सरकारले विद्यार्थी मापनलाई राष्ट्रिय स्तरमा उच्च प्राथमिकता दिएको छ र यस कार्यशालाले नेपालमा जाँचको संरचना र तथ्यांकको विश्लेषण एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापनको पुनरावलोकन गर्ने एक अवसर प्रदान गरेको छ ।”उक्त कुरा नेपाल सरकारका शैक्षिक गुणस्तर परिक्षण केन्द्रका सहसचिव लेखनाथ पौडेलले बताउनुभयो । 

सहसचिव लेखनाथ पौडेल, यूनेस्को काठमाडौंका तपराज पन्त, यूनेस्को ब्याङ्कक / NEQMAP सचिवालयका रम्य विवेकानन्दनले यस कार्यशालालाई शिक्षा २०३० एजेन्डा, यस क्षेत्रमा विद्यार्थी सिकाइ मापनको प्रवृत्ति तथा एशिया–प्रशान्त क्षेत्रीय शिक्षा गुणस्तरीयता अनुगमन सञ्जाल NEQMAP का कार्यको फराकिलो सन्दर्भभित्र राख्नु भयो । 

शैक्षिक गुणस्तर परिक्षण केन्द्रका गोपाल प्रसाद भट्टराईले नेपालमा विद्यार्थीको सिकाइ मापनका सन्दर्भमा चुनौतीहरू, सिकेका पाठ तथा भविष्यका लक्ष्यहरूको रुपरेखा प्रस्तुत गर्नुभयो । आजको समाजको हरेक क्षेत्रमा सहभागिताका लागि तम्तयार रहनका लागि परीक्षाको बेला कापी भर्न मात्र नभई अरु धेरै सीपको खाँचो पर्दछ । नेपालका विद्यार्थीहरूले आफ्नो ज्ञानलाई समस्या समाधानका लागि विभिन्न सन्दर्भमा प्रयोग गर्न र तथाकथित “तेश्रो शताब्दीका सीप”को एक भागको रुपमा विविध समस्या समाधानका उपायहरूसहित प्रस्तुत हुन सक्नुपर्दछ ।  

उक्त कार्यशालालाई शैक्षिक मूल्याङकनका विषयमा विश्वव्यापी रुपमा २० वर्षको अनुभव सँगालेका मनोविज्ञानमापक विज्ञ केभिन ग्रेगरीले सहजीकरण गर्नुभएको थियो । व्यावहारिक अभ्यासहरूसहित छलफल र प्रश्नोत्तरका लागि यथेष्ट समय दिँदै उक्त कार्यशालाले शिक्षा क्षेत्रका सबै तहहरूमा निरन्तर सुधारका लागि भरथेग प्रदान गर्न मूल्याङ्कन प्रणालीको ढाँचालाई कसरी रणनीतिक रुपमा तयार गर्नेबारे परीक्षण गर्ने लक्ष्य लिएको थियो । 

उक्त कार्यशालामा शैक्षिक गुणस्तर परिक्षण केन्द्र, पाठ्यक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय, शिक्षा विभाग तथा शैक्षिक जनशक्ति विकास केन्द्रका गरी जम्मा २६ जनाको सहभागिता रहेको थियो । 

सो कार्यशाला यूनेस्को ब्याङ्ककको समन्वयमा एशिया प्रशान्त क्षेत्रीय शिक्षा गुणस्तरीयता अनुगमन सञ्जाल NEQMAP द्वारा आयोजना गरिएको थियो । उक्त कार्यशाला शैक्षिक गुणस्तर परिक्षण केन्द्रको अनुरोधमा NEQMAP को राष्ट्रिय प्राविधिक सहयोग क्रियाकलापको रुपमा आयोजना गरिएको थियो ।

प्रेजेन्टेशनहरु निम्न लिंकबाट डाउनलोड गर्नुहोस् :

1. Programme agenda

2. NEQMAP handouts

3. NEQMAP overview

4. NEQMAP process

5. NEQMAP sampling

6. Presentation by Ramya Vivekanandan Rodrigues




<- Back to: UNESCO Office in Kathmandu
Back to top