02.05.2019 - UNESCO Office in Kathmandu

Plogging trail at Swayambhu Monument Zone स्वयम्भू स्मारक क्षेत्रमा सरसफाइ

© UNESCO/N. Shakya

In order to raise awareness for heritage protection and promote sustainable waste management, UNESCO, in coordination with the Department of Archaeology, organised a plogging trail event at Swayambhu Monument Zone on 27 April 2019. The programme included a brief orientation on waste segregation followed by the cleaning of a designated area of the monument zone.

One of the cleaning staff at the Federation of Swayambhu Management and Conservation said, “It was a good programme. I really liked the way we worked. If we continue this way, it will make our work easier. Cleaning this way will be good for everybody.” 

Irusha Karki, a youth participant, said “The concept of picking up trash while jogging is interesting in itself. We learned about segregating waste and could practice what we learned immediately at home to manage organic waste and convert it into fertilizer. I really encourage other young people to participate in such programs and learn about cleaning their environment in a way that is engaging and effective. Looking at the present context of increasing pollution in Kathmandu, this is a step towards reducing its effects for a better tomorrow.”

This event falls under an overall strategy addressing how cultural heritage protection is integrated into Disaster Risk Management, while also aiming for heritage protection and sustainable waste management. These pilot initiatives tackle different issues occurring on the site, such as landslides, the risk of which increases due to blockage of the drainage systems by waste and litter. Future related activities will include improving the site’s waste management system, promoting waste segregation, organic waste composting and recycling. 

One of the main challenges observed at Swayambhu Monument Zone is the constant use of single use plastics such as cups, bottles and wrappers, which ends up littering and causing a gradual degradation of the site, mainly the sacred forest. Raising awareness among visitors and changing towards an eco-friendly mindset is essential to maintain our sacred heritage clean and alive. 

To enable all of this, a multi-stakeholder partnership has been established between the Federation of Swayambhu Management and Conservation, Doko Recyclers and Organic Life. In addition, a series of trainings and workshops will be conducted, addressing relevant target groups, to facilitate the learning and implementation of a sustainable waste management system. 

The experiences learnt from the initiatives at Swayambhu can be replicated at other monument zones of the Kathmandu Valley World Heritage property, enhancing both World Heritage and the communities’ resilience, as well as providing an ideal environment for intersectoral partnerships and local engagement, key assets to ensure cultural heritage protection and sustainable development.

स्वयम्भू स्मारक क्षेत्रमा सरसफाइ

सम्पदा संरक्षणका लागि चेतना जगाउन तथा फोहोरमैलाको दिगो व्यवस्थापनलाई प्रबर्द्धन गर्न युनेस्को तथा पुरातत्व विभागको सहकार्यमा २७ अप्रिलका दिन स्वयम्भू स्मारक क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको शुरुमा फोहोरमैलालाई छुट्याउने बारेमा संक्षिप्त अभिमुखिकरण गरेपछि स्मारक क्षेत्रभित्रका निश्चित इलाकाहरुमा सरसफाइ गरिएको थियो ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिमा कार्यरत एकजना सरसफाइ कर्मचारीले भन्नुभयो, ‘यो ज्यादै राम्रो कार्यक्रम हो । हामीले यसरी काम गरेको मलाइ खुब मन पर्यो । यदि हामीले यसलाई निरन्तरता दिने हो भने यसले हाम्रो कामलाई सहज बनाउनेछ । यसरी सरसफाइ गर्दा सबैजनालाई राम्रो हुन्छ ।’

एक जना युवा सहभागी इरुशा कार्कीले भन्नुभयो, ‘जगिङ गर्दैगर्दा फोहोरमैला पनि उठाउने अवधारणा आफैमा गज्जवको छ । हामीले यहाँ फोहोरमैलालाई छुट्याउनेबारेमा सिक्न पायौँ र हामीले यहाँ सिकेको कुरा घरमा गएर जैविक फोहोरलाई व्यवस्थापन गर्न तथा त्यसलाई मल बनाउनका लागि तुरुन्तै अभ्यास गर्न सक्छौँ । वास्तवमा म अरु युवाहरुलाई पनि यस्ता कार्यक्रमहरुमा सहभागी भै रमाइलो र प्रभावकारीरुपमा आफ्नो वातावरण सफा राख्ने कुरा सिक्नका लागि प्रेरित गर्दछु । काठमाडौँमा हाल बढ्दै गैरहेको प्रदुषणलाई हेर्दा भविष्यमा यसको प्रभाव घटाउने यो एउटा राम्रो कदम हो ।“

यो कार्यक्रम सम्पदा संरक्षण एवं फोहोरमैलाको दिगो व्यवस्थापनलाई मध्यनजर राख्दै साँस्कृतिक सम्पदा संरक्षणलाई विपद जोखिम व्यवस्थापनसँग कसरी जोड्ने भन्ने विषयलाई सम्बोधन गर्ने समग्र रणनीति अन्तरगत पर्दछ । यस्ता प्रायोगिक प्रयासहरुले सम्बन्धित स्थलहरुमा घट्ने विपद हरुसँग जुझ्दछन् । उदाहरणका लागि पहिरो एउटा यस्तै घटना हो । फोहोरमैला भरिएर ढल व्यवस्थापन प्रणाली अवरुद्ध हुँदा पहिरोको जोखिम बढ्न सक्छ । भविष्यमा आयोजना गरिने गतिविधिहरुमा सम्बन्धित स्थलको फोहोरमैला व्यवस्थापन प्रणालीमा सुधार ल्याउने, फोहोरमैला छ्ट्याउने, फोहोरमैलाबाट जैविक मल तयार पार्ने तथा काम लाग्ने वस्तुलाई पुनः प्रयोगमा ल्याउन सक्ने गरी पुनर्चक्रण गर्ने विषयहरु पनि समेटिनेछन् ।

एकपटक मात्रै प्रयोग गर्न मिल्ने प्लास्टिकका कप, बोत्तल एवं झोलाहरु यत्रतत्र फालिनु स्वयम्भू स्मारक क्षेत्रमा देखिएको मुख्य समस्या हो । यस्ता वस्तुहरु अन्ततः फोहोरमा परिणत हुन्छन् र खास गरेर यस स्थलको पवित्र वनजंगललाई क्रमशः क्षति पुर्याउँदै जान्छन् । हाम्रो पवित्र सम्पदालाई सफा र सजीव राखि राख्नका लागि आगन्तुकहरुमा चेतना जगाउनु तथा पर्यावरणमैत्री सोच बनाउनु अत्यावश्यक छ ।

यसका लागि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, डोको रिसाइक्लर्स र अर्गानिक लाइफका बीच एक बहुसरोकारवाला साझेदारी स्थापना गरिएको छ । यसका अतिरिक्त सम्बन्धित लक्षित समूहहरुलाई सम्बोधन गदै फोहोरमैलाको दिगो व्यवस्थापन प्रणालीका बारेमा सिक्ने र सिकाइलाई कार्यन्वयवनमा ल्याउने कामलाई सहजीकरण गर्न क्रमिक रुपमा तालिम तथा कार्यशालाहरु सञ्चालन गरिनेछ ।

विश्व सम्पदा र समुदाय दुबैको विपद–उत्थानशीलता अभिवृद्धि गर्नुका साथै साँस्कृतिक सम्पदा संरक्षण तथा दिगो विकास सुनिश्चित गर्नका लागि  अन्तरक्षेत्रीय साझेदारी तथा स्थानीय संलग्नता प्रमुख कारक तत्व हुन् । यसका लागि उपयुक्त वातावरण प्रदान गरेर स्वयम्भूमा थालिएका प्रयासहरुबाट प्राप्त अनुभवहरुलाई काठमाडौँ उपत्यका विश्व सम्पदा क्षेत्रका अन्य स्मारकहरुमा समेत प्रयोगमा ल्याउन सकिन्छ । 




<- Back to: UNESCO Office in Kathmandu
Back to top