16.05.2019 - UNESCO Office in Kathmandu

Strengthening capacities of CLCs in innovative management and facilitation in Nepal सामुदायिक सिकाइ केन्द्रका लागि रचनात्मक व्यवस्थापन एवं सहजीकरणका सम्बन्धी क्षमता विकास कार्यशाला

© UNESCO

On 10 - 14 May 2019, UNESCO, in collaboration with the Center for Education and Human Resources Development (CEHRD), conducted a five-day national workshop in Dakshinkali Municipality, which aimed to improve the capacities of Community Learning Centers (CLCs) for management and functions in an innovative way.

Thirty-three CLC managers and facilitators from 16 districts, including twenty women, participated in the workshop, which was composed of sessions about Resource Mobilization, Information and Communication Technology (ICT) and Social Media in Management; and Report and Proposal Writing, among other topics. UNESCO, UNDP and UNICEF experts also delivered training on Sustainable Development Goals and Lifelong Learning; Electoral Knowledge and the Role of CLCs; and Non-Formal Education.

Balaram Timalsina from UNESCO highlighted that in the federal structure, with the budget allocated by local governments to CLCs, they could take a crucial and active role to demonstrate leadership in their localities to promote lifelong education. 

Nikila Shrestha from UNDP gave a presentation on Electoral Knowledge. She emphasized the importance for CLCs to promote electoral knowledge regularly and not just during the time of elections. 

During the lively training sessions, which included both theoretical and practical segments, participants practiced the use of email exchanges, proposal & report writing, social media publicity and model action plan drafting.  

Dika Devi Khatiwoda, who came to Kathmandu for the first time to attend the workshop from a remote district in Eastern Nepal said, “I didn’t understand the need for internet connectivity before this workshop, but now I realize how ICT can promote the CLC.” Krishan Kumari Bishwakarma, chair of a CLC, added, “We have done a lot of work in our region but we lack proper documentation of our activities. Now I am aware of how important documentation is and how media can amplify our activities.” 

The workshop inspired participants to rethink the functions and mechanism of CLC through good sharing practices. “Before we thought the role of CLC was only to conduct literacy classes and income generating skills, but after hearing the work of other participating CLCs, I realize that CLCs can play multiple roles in the community,” shared Purna Prasad Bhattarai from Hangdewa CLC. 

During the closing ceremony, participants were presented with certificates which marked their efforts and input in the workshop. The CLC participants agreed to promote networking among themselves by utilizing the Facebook Group “Community Learning Center Network-Nepal” which they created. 

Mayor of Dakshinkali Municipality Mohan Basnet recognized the impact of capacity building and consolidation at a local level for CLC managers and facilitators through the workshop’s interactive sessions. 

Deputy Director General of CEHRD Choodamani Paudel closed the workshop by encouraging CLCs to forge ahead with their vital task. “To accomplish Literate Nepal Year 2019, announced by the government, CLC has a crucial role to engage communities,” he said. 

The workshop was conducted under UNESCO’s Capacity Development for Education (CapED) Literacy Program, which aims to improve literacy and lifelong learning opportunities for all in Nepal by strengthening the country’s Non-Formal Education sector.  

सामुदायिक सिकाइ केन्द्रका लागि रचनात्मक व्यवस्थापन एवं सहजीकरणका सम्बन्धी क्षमता विकास कार्यशाला 

युनेस्कोले शिक्षा तथा मानवस्रोत विकास केन्द्रसँगको सहकार्यमा एक पाँच दिवसीय राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ । दक्षिणकाली नगरपालिकामा १० देखि १४ मे सम्म सञ्चालित उक्त कार्यशाला सामुदायिक सिकाइ केन्द्रहरूलाई रचनात्मक तरिकाले व्यवस्थापन एवं कार्य सञ्चालन गर्न उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो। 

वीसजना महिलाहरू सहित १६ वटा जिल्लाका तेतिसजना सामुदायिक सिकाइ केन्द्रका व्यवस्थापक एवं सहजकर्ताहरू सहभागी भएको उक्त कार्यशालामा स्रोत परिचालन‚ सूचना तथा सञ्चार प्रविधि व्यवस्थापनमा  सामाजिक सञ्जाल तथा प्रतिवेदन एवं प्रस्तावपत्र लेखन लगायतका विषयवस्तुहरूमाथि सत्रहरू सञ्चालन गरिएको थियो। युनेस्को‚ युएनडीपी र युनिसेफका विज्ञहरूले दिगो विकास लक्ष्य‚ जीवनपर्यन्त सिकाइ‚ निर्वाचन सम्बन्धी जानकारी र यसमा सामुदायिक सिकाइ केन्द्रहरूको भूमिका‚ र अनौपचारिक शिक्षाका बारेमा तालिम प्रदान गरेका थिए।  

युनेस्कोका वलराम तिमल्सिनाले स्थानीय सरकारले छुट्याएको बजेटबाट सामुदायिक सिकाइ केन्द्रहरुले आफ्नो वस्तीमा जीवनपर्यन्त शिक्षा प्रबर्द्धन गर्ने कार्यको नेतृत्व गर्न महत्पूर्ण र सक्रिय भूमिका खेल्न सक्ने विचार राख्नु भयो । 

युएनडीपीका निकिला श्रेष्ठले निवार्चन सम्बन्धी जानकारीका बारेमा प्रस्तुतीकरण गर्नु भयो । प्रस्तुतीकरणका क्रममा उहाँले चुनावका बेलामा मात्रै नभएर नियमित रुपमा सामुदायिक सिकाइ केन्द्रहरुले निर्वाचनसम्बन्धी ज्ञान प्रबर्द्धन गर्नु महत्वपूर्ण हुने कुरा माथि जोड दिनु भयो । 

सैद्धान्तिक एवं व्यवहारिक दुवै पक्षहरु समेटिएका तालिमका  जीवन्त सत्रहरुका क्रममा सहभागीहरुले इमेल आदानप्रदान, प्रस्तावपत्र तथा प्रतिवेदन लेखन, सामाजिक सञ्जालहरुमा प्रचारप्रसार कसरी गर्ने भन्ने विषयहरु लगायत नमूना कार्य योजनाको खाका तयार गर्ने अभ्यास गरेका थिए । 

कार्यशालामा सहभागी हुन पूर्वी जिल्लाबाट पहिलोपटक काठमाडौँ आएका डिका देवी खतिवडाले भन्नुभयो, “यो कार्यशालामा सहभागी हुनुभन्दा पहिलेसम्म इन्टरनेट जडान गर्नु पर्ने आवश्यकताका बारेमा मैले बुझेकी थिइन, तर अहिले सूचना तथा सञ्चार प्रविधिले सामुदायिक सिकाइ प्रविधिलाई कसरी प्रबर्द्धन गर्न सक्दो रहेछ भनेर महशुस गरेकी छु ।” त्यसरी नै एउटा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष कृष्ण कुमारी विश्वकर्माले थप्नुभयो, “हामीले हाम्रो क्षेत्रमा धेरै काम गरेका छौँ तर हाम्रा गतिविधिको राम्रोसँग अभिलेखीकरण गर्न सकेका छैनौँ । अभिलेखीकरण कति धेरै महत्वपूर्ण हुँदो रहेछ र मिडियाका माध्यमबाट हाम्रा गतिविधिहरुलाई कसरी सबैका माझ पुर्याउन सकिँदो रहेछ भनेर अहिले मलाइ थाहा भएको छ ।” 

कार्यशालाले सहभागीहरुलाई एकार्काका राम्रा अभ्यासहरु बाँडेर सामुदायिक सिकाइ केन्द्रको कार्य एवं संयन्त्रका बारेमा पुनर्विचार गर्न अभिप्रेरित गरेको थियो । “पहिले हामीले सामुदायिक सिकाइ केन्द्रको भूमिका भनेको केवल साक्षरता कक्षाहरु सञ्चालन गर्ने र आय आर्जन सीप सिकाउने हो भन्ने मात्रै सोच्थ्यौँ, तर सहभागी अरु सामुदायिक सिकाइ केन्द्रहरुका गतिविधिहरुका बारेमा सुनिसकेपछि सामुदायिक सिकाइ केन्द्रहरुले समुदायमा बहुमुखी भूमिकाहरु निर्वाह गर्न सक्ने रहेछन् भन्ने महशुस भएको छ ।”, हाङदेवा सामुदायिक सिकाइ केन्द्रका पुर्णप्रसाद भट्टराईले भन्नुभयो । 

सहभागीहरुले कार्यशालामा पुर्याएको योगदानका लागि समापन समारोहमा प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागीहरु फेसवुकमा “सामुदायिक सिकाइ केन्द्र सञ्जाल −नेपाल” नामक समूहका माध्यमबाट आफ्नो सञ्जाल प्रबर्द्धन गर्न सहमत भएका छन् । 

दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले कार्यशालामा अन्तरक्रियात्मक सत्रहरुका माध्यमबाट सामुदायिक सिकाइ केन्द्रहरुका व्यवस्थापक तथा सहजकर्ताहरुका लागि गरिएको क्षमता विकासबाट स्थानीय तहमा प्रभाव पार्ने बताउनु भयो । 

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका उपमहानिर्देशक चुडामणि पौडेलले सामुदायिक सिकाइ केन्द्रहरुलाई आफ्ना महत्वपूर्ण कार्यहरु अघि बढाउन अभिप्रेरित गर्दै कार्यशालाको समापन गर्नु भयो । “नेपाल सरकारले घोषणा गरेको साक्षर नेपाल वर्ष २०१९ सम्पन्न गर्न समुदायलाई सामेल गर्नमा सामुदायिक सिकाइ केन्द्रहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ”, उहाँले भन्नुभयो । 

कार्यशाला युनेस्कोको शिक्षाका लागि क्षमता विकास साक्षरता कार्यक्रम अन्तरगत आयोजना गरिएको हो । यस कार्यक्रमले अनौपचारिक शिक्षा क्षेत्रलाई सुदृढीकरण गरी नेपालमा सबैका लागि साक्षरता र जीवनपर्यन्त सिकाइमा सुधार ल्याउने लक्ष्य राखेको छ । 




<- Back to: UNESCO Office in Kathmandu
Back to top