25.01.2018 - UNESCO Office in Kathmandu

UNESCO Announces Winners of Photography Contest on ‘Literacy in a Digital World’ युनेस्कोद्वारा ‘प्रविधि युग–सापेक्ष साक्षरता’ शिर्षकमा आयोजित फोटोग्राफी प्रतियोगिताका विजयीहरु घोषणा

© UNESCO/ A. Mishra -A young girl introduces technology as a means of reducing geographic barriers among family members.

UNESCO in collaboration with the Non Formal Education Center, launched an open photography contest to mark the International Literacy Day 2017- ‘Literacy in a Digital World’, open to all Nepali citizens.

The photography contest, organized under the CapED Programme, examined and highlighted the kind of literacy skills needed to navigate increasingly digitally-mediated societies, and explored effective literacy policies and programmes that could leverage the opportunities that the digital world provides.

UNESCO, through the CapED Programme in Nepal, works to strengthen literacy and lifelong learning opportunities in the country through partnerships and consultations at multiple levels.

The photos represented the perspectives of Nepali citizens on the changing meaning of literacy in an increasingly digital world.

The first prize winner, Aditya Mishra from Mahottari captured a young girl introducing technology as a means of reducing the geographic barriers between family members. Second prize winner, Manoj Paudel from Kapilvastu, portrayed a group of women participating in a computer training programme, while the third prize winner, Shristi Rijal from Kathmandu, captured an old woman learning Nepali alphabets through a combination of various learning resources including a mobile phone.

We congratulate the winners, who will receive certificates and cash prizes. The pictures will also be featured in UNESCO publications and reports. 

The winning photographs can be viewed here.

युनेस्कोद्वारा प्रविधि युगसापेक्ष साक्षरताशिर्षकमा आयोजित फोटोग्राफी प्रतियोगिताका विजयीहरु घोषणा

अन्तर्राष्ट्रिय साक्षरता दिवस २०७४ को अवसरमा युनेस्कोले अनौपचारिक शिक्षा केन्द्रसँगको सहकार्यमा एउटा खुला फोटोग्राफी प्रतियोगिताको आयोजना गरेको थियो । ‘प्रविधि युग–सापेक्ष साक्षरता’ विषयमा आयोजित उक्त फोटोग्राफी प्रतियोगिता सबै नेपाली नागरिकहरुका लागि खुला गरिएको थियो ।

शिक्षाका लागि क्षमता विकास कार्यक्रम अन्तर्गत आयोजित उक्त फोटोग्राफी प्रतियोगिताले प्रविधिका माध्यमबाट समाजहरु एकअर्कामा जोडिने क्रम बढिरहेसँगै यस्तो समाजमा मार्ग पहिल्याउनका लागि आवश्यक पर्ने साक्षरता सम्बन्धी सिपहरुकाबारेमा अध्ययन गरी तिनलाई प्रकाशमा ल्याउनुका साथै डिजिटल युगले प्रदान गर्ने अवसरहरुबाट लाभ उठाउन सक्ने प्रभावकारी सक्षरता नीति एवं कार्यक्रमहरुको समेत खोजी गरेको थियो ।

युनेस्कोले नेपालमा शिक्षाका लागि क्षमता विकास कार्यक्रमका माध्यमबाट विभिन्न तहहरुमा सहकार्य एवं परामर्शहरु गरी देशमा साक्षरता एवं जीवनपर्यन्त सिकाइका अवसरहरुलाई सुदृढ गर्ने काम गर्दछ ।

प्रतियोगितामा सहभागी फोटोहरुले बढ्दो प्रविधि–सापेक्ष युगमा साक्षरताको बदलिँदो अर्थबारे नेपाली नागरिकहरुका दृष्टिकोणहरुलाई प्रतिनिधित्व गरेका थिए ।

प्रतियोगिताका प्रथम पुरस्कार विजेता महोत्तरीका आदित्य मिश्रले एउटा युवा महिलाले परिवारका सदस्यहरुका बीचको भौगोलिक दूरीलाई घटाउने उपायका रुपमा प्रविधिलाई चिनाइरहेको देखाएका छन् । द्वितीय पुरस्कार विजेता कपिलवस्तुका मनोज पौडेलले कम्प्युटर तालिम कार्यक्रममा सहभागी भइरहेका महिलाहरुको समूहलाई प्रस्तुत गरेका छन् भने तृतीय पुरस्कार विजेता काठमाडौँका सृष्टी रिजालको तस्वीरमा एक जना वृद्धा महिलाले मोवाइल फोन लगायत सिकाइका विभिन्न स्रोतहरुलाई एकैठाउँमा जोडेर नेपाली अक्षरहरु सिकिरहेको समेटिएको छ ।

प्रतियोगिताका विजयीहरुलाई हामी बधाई ज्ञापन गर्दछौँ । उनीहरुले प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गर्नेछन् । तस्विरहरुलाई युनेस्कोका प्रकाशनहरु एवं प्रतिवेदनहरुमा समेत राखिनेछ ।

विजयी फोटोग्राफहरु यहाँबाट हेर्न सकिनेछ ।

 




<- Back to: UNESCO Office in Kathmandu
Back to top