11.06.2015 - UNESCO Office in Kathmandu

UNESCO raises safety concerns on the reopening of Kathmandu Valley World Heritage Site (तल नेपालीमा छ)

© UNESCO\C. Manhart -Patan Durbar Squre after three hours of the 25 April 2015 earthquake

The devastating earthquakes of 25 April and the aftershocks that followed have heavily damaged the monuments and sites within the Kathmandu Valley World Heritage property, as well as an enormous amount of other cultural sites in the north western area of Nepal. Currently closed for tourists and the general public, the three monument zones - Hanumandhoka (Kathmandu) Durbar Square, Swayambhu and Patan Durbar Square - are set to be opened soon. The decision on opening of Changu Narayan, another heavily damaged monument zone, is under discussion.

As many of the monuments in these sites are still in a precarious state, the UNESCO Office in Kathmandu reminds the general public to be extra cautious and reconsider the necessity of visiting those sites, while hoping that the decision of reopening can be re-examined.  It has requested the Nepal Tourism Board and the Department of Archaeology to carefully plan the reopening process, prioritizing safety and security.

In sites like Bhaktapur Durbar Square, Pashupati and Bauddhanath, which are already accessible, there is an urgent need to secure perimeters around the damaged structures and restrict access to locations where structures have collapsed.

According to the assessment by UNESCO, the Patan Museum is unsafe, and setting up perimeters around several damaged temples and limiting access to Patan Durbar Square is recommended.

As Bauddhanath has suffered damage only to the upper part of the mahachaitya and two small stupas to the east and north corner of the main stupa, access to the site is considered safe; It is suggested that the upper platforms remain closed.

Swayambhu and Changu Narayan, both with landslide risks, are recommended to remain closed until proper assessments are carried out. In addition, the process of salvaging the artefacts is still ongoing in Swayambhu and UNESCO believes that opening the area presents a risk of theft of art and cultural objects.

For Hanumandhoka (Kathmandu) Durbar Square, UNESCO urges that the access to the collapsed temples and platforms must be forbidden as people climbing on them weaken the structures. Security perimeters around the collapsed and damaged temples are essential and extra precautions are needed if movements are to be allowed on the pathway between Basantapur plaza and Durbar Square. All the parts of collapsed historic monuments and other artefacts needs to salvaged, sorted and stored away in an appropriate manner before the remaining debris is removed from the heritage sites.

Apart from being tourist attractions, the monument zones of the Kathmandu Valley World Heritage site are a part of the living urban heritage. Such considerations will allow opening up of sites for pilgrims and visitors in a systematic manner.

The Director General of the Department of Archaeology, Bhesh Narayan Dahal, said, “The Department has been assessing the vulnerabilities of the sites and significant monuments and the sites will be opened for visitors on priority basis, while a long term plan will be introduced to reconstruct the fallen monuments.” To ensure the safety of visitors, the security perimeters around the collapsed and vulnerable monuments will be set up in coordination with the Department of Tourism before opening the sites, he added.

Given the enormous importance of cultural heritage to the tourist economy, UNESCO considers that the future rebuilding programme should incorporate ways for visitors to see and understand work in progress. Furthermore, the rebuilding and conservation work needs to be part of a wider sustainable development strategy that aims to revitalize the economy of the area. 

Therefore, UNESCO urges for a well-coordinated mechanism with creative problem-solving for the management of damaged sites. UNESCO is committed to support the Department of Archaeology in devising procedures to secure the heritage sites, ensuring proper treatment of artefacts and devising plans for limited access to the heritage sites after studying each case individually.

(Article by Swati Pujari)

विश्व सम्पदास्थल खुलाउने सन्दर्भमा युनेस्कोको आग्रह

गत बैशाख १२ गतेको विध्वंशकारी महाभूकम्प र त्यसपछि गएका पराकम्पहरूले काठमाडौं उपत्यकाभित्र रहेका विश्व सम्पदाका धेरै स्मारकस्थल तथा नेपालका उत्तरपश्चिम क्षेत्रमा रहेका धेरै सांस्कृतिक सम्पदास्थलमा नराम्रोसँग क्षति पुर्याएको छ । हाल पर्यटक तथा सर्वसाधारणका लागि बन्द गरिएका तीन स्मारकस्थलहरू : हनुमानढोका (काठमाडौं) दरबार परिसर, स्वयम्भू र पाटन दरबार परिसर अब चाँडै नै खुला गरिने भएका छन् ।  त्यस्तै नराम्रोसँग क्षतिग्रस्त भएको  चाँगूनारायण स्मारकस्थल  खोल्ने विषय भने अहिलेसम्म विचाराधीन अवस्थामा नै छ ।

यहाँका धेरैजसो स्मारक स्थलहरु सुरक्षाका दृष्टिकोणले अझैसम्म जोखिमपूर्ण अवस्थामा भएका कारण काठमाडौंस्थित यूनेस्को कार्यालयले ती स्थानहरुको भ्रमण गर्नै पर्ने वा नगरे पनि हुने भन्ने विषयमा सोच्न र सावधानी अपनाउन सर्वसाधारणलाई सचेत गराएको छ ।  यसका साथै सर्वसाधरण र पर्यटकका लागि ती स्थान खुला गर्नुपूर्व सम्पदाहरुको सुरक्षा र संरक्षणलाई ध्यान दिन युनेस्कोले नेपाल पर्यटन बोर्ड र पुरातत्व विभागलाई अनुरोध गरेको छ । सर्वसाधरणको सहजै पहुँच हुन सक्ने भक्तपुर दरबार परिसर, पशुपतिनाथ र बौद्धनाथका स्तुपाहरूका साथै  ती सम्पदा वरिपरि भत्किएका संरचनाको  सुरक्षा गर्नुपर्ने भएका कारण  भत्किएका र धराशायी संरचनास्थलमा सर्वसाधारणलाई प्रवेश दिन नहुने कुरामा सचेत रहन अति आवश्यक छ । 

यूनेस्को निरीक्षणमा  पाटन सङ्ग्राहलय असुरक्षित अवस्थामा छ भने  थुप्रै क्षतिग्रस्त मन्दिरका वरिपरि सुरक्षाघेरा राखिनु पर्ने अवस्था छ । त्यसैले पाटन दरबार परिसरमा  प्रवेशमा रोक लगाउन युनेस्कोले सुझाब दिएको छ । 

त्यसैगरी बौद्धनाथ स्तूपाको माथिल्लो भागको महाचैत्य र मुख्य स्तूपाको पूर्व र उत्तरी क्षेत्रमा रहेका दुईवटा ससाना स्तूपामा मात्र क्षति पुगेको छ ।  ती स्थलसम्म जान  सुरक्षित नै ठानिए पनि माथिल्ला भागहरुसम्म जान रोक लगाउन युनेस्कोले सुझाएको छ ।

स्वयम्भू र चाँगूनारायण दुवै स्थलहरु भूस्खलनको जोखिममा रहेका हुनाले थप निरीक्षण  नगरुन्जेलसम्मका लागि ती स्थलहरू सर्वसाधारणको लागि बन्द नै राखिनुपर्छ । यसका अतिरिक्त स्वयम्भू क्षेत्रका कलाकृतिलाई संरक्षित गर्ने काम भइरहेको अवस्थामा ती स्थलहरूलाई खुला गर्दा यहाँका कला तथा सांस्कृतिक सम्पदाहरुको चोरी हुन सक्ने भएकाले ती स्थलहरु अहिले नै खुला नगर्न पनि युनेस्कोले सुझाब दिएको छ । 

हनुमानढोका (काठमाडौं) दरबार परिसरमा ध्वस्त भएका मन्दिर र परिसरमा  सर्वसाधारणको पहुँच निषेध गर्न युनेस्कोले आग्रह गरेको छ । क्षतिग्रस्त संरचनामा  आवातजावत गर्दा अहिले भएका संरचनाहरू झन कमजोर हुने भएकाले यस्तो आग्रह गरिएको हो ।  ध्वस्त र क्षतिग्रस्त भएका मन्दिरको वरिपरि सुरक्षाको घेरा बनाउनबसन्तपुर प्लाजा र दरबार परिसरबीचको बाटोमा आवतजावत गर्न दिने हो भने पनि अतिरिक्त सावधानी अपनाउन युनेस्कोले आग्रह गरेको छ ।  यसका साथै यहाँका भग्नावशेष  मन्दिरहरुबाट हटाउनु अगावै ध्वस्त भएका ऐतिहासिक स्मारकहरू र अन्य कलाकृतिका टुक्राहरू बटुली अलगअलग छुट्याएर व्यवस्थित तरिकाले भण्डारण गर्न आवश्यक रहेकोतर्फ ध्यान दिन पनि सुझाब दिएको छ ।

पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु मात्रै होइन काठमाडौं उपत्यका विश्व सम्पदा स्थलका साथै   शहरी सम्पदाका जीवन्त अङ्ग पनि हो । ती स्थललाई तीर्थालु तथा पर्यटकका लागि व्यवस्थित रुपले खुलाउन यस्ता सुझावहरुले सहयोग पुर्याउँछन । 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल भन्छन्  सम्पदास्थल र महत्वपूर्ण स्मारकहरूको अवस्थाको लेखाजोखा गरेर ती ठाउँलाई  प्राथमिकताका आधारमा पर्यटनका लागि खुला गरिनेछ र ढलेका स्मारकहरूलाई पुनःर्निर्माण गर्न एक दिर्घकालीन योजनाको शुरुवात गरिनेछ ।पर्यटकको सुरक्षालाई ध्यान दिँदै  ध्वस्त भएका तथा कमजोर अवस्थामा रहेका स्मारकहरूको वरिपरि पर्यटन विभागसंगको समन्वयमा सुरक्षाघेरा बनाउने काम भइरहेको उनले जानकारी दिए  ।

पर्यटन अर्थतन्त्रमा सांस्कृतिक सम्पदाको ठूलो महत्व रहेको कुरालाई ध्यान दिँदै यूनेस्कोले पुनःर्निर्माणको समयमा पर्यटकलाई जिर्णोद्धार उद्धारका लागि भइरहेका काम देखाउने र उनीहरुलाई त्यसबारे बुझाउन विविध उपायहरू अवलम्बन गर्नुपर्ने कुरामा विश्वास राख्दछ । यसका अतिरिक्त पुनःनिर्माण र संरक्षण यस क्षेत्रको अर्थतन्त्रलाई सवल बनाउने उद्देश्यसहित बृहत र दीगो विकासको रणनीतिमा समेटिनु पर्नेमा युनेस्कोले जोड दिएको छ ।

 

त्यसकारणक्षतिग्रस्त स्थलहरूको व्यवस्थापनका लागि   रचनात्मक रुपले काम गर्न सक्ने  एउटा प्रभावकारी समन्वयात्मक संयन्त्र निर्माणको लागि युनेस्को आग्रह गर्दछ । सम्पदास्थल सुरक्षित राख्ने, कलाकृतिहरूलाई उचित सम्बर्द्धन गर्ने, सम्पदास्थलमा सीमित पहुँचका लागि व्यवस्थित योजना बनाउने जस्ता काममा  अध्ययन गरी सहयोग गर्न युनेस्को प्रतिबद्ध रहेको छ ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top