19.08.2019 - UNESCO Office in Kathmandu

UNESCO-supported CLCs to engage in Civic Education नागरिक शिक्षामा सामुदायिक सिकाई केन्द्रहरूले खेल्न सक्ने भूमिका सम्बन्धी कार्यशाला सम्पन्न

© UNDP ESP -Voter education

UNESCO has been promoting Community Learning Centres(CLCs) since 1999 to ensure literacy for all people and realize the potential of community-based learning. To date, 2,151 CLCs are operating throughout the country. With the aim of enhancing the capacity of CLC management and functions, the Centre for Education and Human Resources Development (CEHRD), UNESCO and UNDP have begun the process of working together to build the capacity of the CLCs on management and operations and to assist citizens to obtain information on civic education.

The process was initiated at a workshop held on August 5-9, 2019, which was attended by 26 participants, including chairpersons and facilitators of CLCs in Bhaktapur District.

Speaking at the inaugural session, Baburam Paudel, Director-General, CEHRD, said CLCs have been playing an important role in supporting the Government’s ‘Literate Nepal’ campaign, and have the potential to make a similar impact on voter education during elections.

Balaram Timilsina, Chief of Education Unit at UNESCO Office in Kathmandu, said the workshop had two major goals – to strengthen CLC management and functions, and discuss and find ways to engage them in civic education in addition to their existing roles.

Kundan Das Shrestha, Senior Electoral Advisor, UNDP ESP, said voter education was important in ensuring that elections are free and fair. He added that CLCs could play a role to ensure that citizens have the information they require to make informed choices during elections.

“Every election in Nepal is an opportunity for women to assert their right to take on leadership positions,” he said. “CLCs can play an important role in encouraging women by informing them about how they can participate, both as voters and candidates, under the existing laws.”

The sessions discussed electoral knowledge and the role CLCs could play to spread this information in the community.

The five-day workshop also had sessions on how CLCs could make plans to mobilize resources, write reports and proposals, and prepare and implement social media and communication plans.

At the end of the five days, the CLC representatives at the workshop decided to form a joint committee and make efforts to explain their roles to local governments in the district and also coordinate the voter education work they plan to do during the by-elections.

“We believe collaboration among CLCs will facilitate the exchange of ideas,” said Manshobha Suwal, facilitator, Chittapole CLC.

नागरिक शिक्षामा सामुदायिक सिकाई केन्द्रहरूले खेल्न सक्ने भूमिका सम्बन्धी कार्यशाला सम्पन्न

सवैकालागि साक्षरताको सुनिश्चित गर्न एवं समुदायमा आधारित सिकाईका संभावनाहरूलाई वास्तविकतामा बदल्न युनेस्कोले सन् १९९९ देखि सामुदायिक सिकाई केन्द्रहरूको प्रबर्द्धन गर्दै आएको छ । हालसम्म देशभरी  २‚१५१ वटा सामुदायिक सिकाई केन्द्रहरू सञ्चालनमा रहेका छन् । सामुदायिक सिकाई केन्द्रहरूको व्यवस्थापन  र कार्यक्षमतामा सुधार ल्याउने लक्ष्यका साथ शिक्षा तथा मानवस्रोत विकास केन्द्र , युनेस्को, र युएनडीपीले नागरिक शिक्षामा नागरिकहरूलाई सूचना प्राप्त गर्नमा मद्दत पुर्याउन सामुदायिक सिकाई केन्द्रहरूको व्यवस्थापकीय एवं कार्यसञ्चालन क्षमता बढाउन सँगसँगै काम गर्ने प्रक्रिया थालेका छन् ।

गत अगष्ट  ५ देखि  ९ सम्म भक्तपुर जिल्लामा सञ्चालित कार्यशालामा यस्तै एउटा प्रक्रियाको थालनी भएको  छ  । उक्त कार्यशालामा सामुदायिक सिकाई केन्द्रहरूका अध्यक्ष  र सहजकर्ताहरू सहित २६ जनाले सहभागिता जनाएका थिए  ।

कार्यशालाको उद्घाटन समारोहमा बोल्दै‚ शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले सरकारको ‘साक्षर नेपाल’ अभियानमा सरकारलाई मद्दत पुर्याउनमा सामुदायिक सिकाई केन्द्रहरूले महत्वपूर्ण भूमिका खेलिरहेको धारणा राख्दै निर्वाचनका बेला मतदाता शिक्षामा समेत यस्तै प्रभाव पार्न सक्ने क्षमता भएको बताउनु भयो  ।

त्यसैगरी काठमाडौंस्थित युनेस्को कार्यालयका शिक्षा प्रमुख बलराम तिमिल्सिनाले कार्यशालाले सामुदायिक सिकाई केन्द्रको व्यवस्थापन र कार्यलाई सुदृढ गर्ने तथा उनीहरूको विद्यमान भूमिकाका अतिरिक्त नागरिक शिक्षामा समेत उनीहरूलाई  संलग्न गराउनका लागि छलफल गरी उपायहरू पत्ता लगाउने दुईवटा लक्षहरू राखेको बताउनु भयो  ।

यसरी नै युएनडीपी ईएसपीका वरिष्ठ निर्वाचन सल्लाहकार कुन्दनदास श्रेष्ठले स्वतन्त्र  र निष्पक्ष निर्वाचनको सुनिश्चित गर्न मतदाता शिक्षा आवश्यक भएको बताउनु भयो  । साथै उहाँले निर्वाचनका बेला सुसूचित भई मतदानबारे निर्णय गर्नका लागि नागरिकहरूसँग आवश्यक सूचना भएको सुनिश्चत गर्न सामुदायिक सिकाई केन्द्रहरूले भूमिका खेल्न सक्ने बताउनु भयो  ।

 “महिलाहरूका लागि नेपालमा हुने हरेक निर्वाचन नेतृत्वदायी तहमा पुग्ने उनीहरूको अधिकार जाँच गर्ने अवसर भएको” धारणा राख्दै श्रेष्ठले भन्नुभयो‚ “महिलाहरूलाई विद्यमान कानून अन्तरगत उनीहरूले मतदाता  र उम्मेद्वार दुवैका रूपमा निर्वाचनमा सहभागी हुन कसरी पाउँछन् भन्नेबारेमा जानकारी प्रदान गर्दै उनीहरूलाई अभिप्रेरित गर्नमा सामुदायिक सिकाई केन्द्रहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन्  ।”

कार्यशालाका विभिन्न सत्रहरूमा निर्वाचन सम्बन्धी ज्ञान तथा सामुदायिक सिकाई केन्द्रहरूले समुदायमा उक्त जानकारी कसरी फैलाउन सक्छन् भन्ने बारेमा छलफल गरिएको थियो  ।

पाँच दिनसम्म आयोजना गरिएको सो कार्यशालामा सामुदायिक सिकाई केन्द्रहरूले स्रोत परिचालन गर्ने योजना बनाउन प्रतिवेदन एवं प्रस्तावपत्र लेख्न तथा सामाजिक सञ्जाल लगायत सञ्चार योजना तयार पार्न तथा लागू गर्न कसरी सक्छन् भन्नेवारेमा समेत सत्रहरू सञ्चालन गरिएको थियो  ।

पाँच दिनको अन्त्यमा कार्यशालामा सहभागी सामुदायिक सिकाई केन्द्रका प्रतिनिधिहरूले एउटा संयुक्त समिति बनाउने तथा जिल्लामा स्थानीय सरकारहरूलाई आफ्नो भूमिकाका बारेमा वर्णन गर्न एवं उपनिर्वाचनका लागि उनीहरूले योजना गरेको मतदाता शिक्षाका लागि समन्वय गर्न प्रयत्न गर्ने निर्णय गरेका थिए  ।

यसै सन्दर्भमा चित्तपोल सामुदायिक सिकाई केन्द्रका सहजकर्ता मनशोभा सुवालले भन्नुभयो‚ “सामुदायिक सिकाई केन्द्रहरूको सहकार्यले विचारहरूको आदानप्रदान हुने विश्वास गरेका छौँ  ।”




<- Back to: UNESCO Office in Kathmandu
Back to top