09.03.2017 - UNESCO Office in Kathmandu

Workshop: Gender Assessment of Teacher Education शिक्षक शिक्षामा लैंगिक अवधारणाको मूल्यांकन सम्बन्धी कार्यशाला

© UNESCO -

UNESCO organized a residential capacity-building workshop on ‘Gender Assessment of Teacher Education in Nepal’ from 1-3 March in Godawari, Lalitpur. The initiative is part of UNESCO’s continued support towards achieving gender equality in education, with particular focus on gender-responsive teacher training and professional development. The workshop provided a comprehensive understanding of concepts, tools and processes to conduct a gender assessment of teacher education in Nepal.

The workshop was facilitated by two experts from UNESCO Bangkok, Nantawan Hinds and Lee Mun Yee as well as local expert, Pramila Rajbhandari.

Rajbhandari introduced the background, methodology and expected outcomes of the gender assessment study. Participants were guided through six different assessment forms and questionnaires. Questions and doubts were clarified by both Hinds and Lee.

Ana Prasad Neupane, Director of the Department of Education was present on the second day to welcome participants and experts. He emphasized the role of education in achieving gender equality and the need for teaching materials to be gender sensitive.

Intensive group exercises were carried out during the workshop. Participants were divided into three groups, each focusing on assessing gender sensitivity in one of the three thematic components: teaching learning materials, classroom observation, and school textbooks. Presentations were facilitated by Basanta Prasad Koirala from the Department of Education.

Closing remarks was given by Usha Hamal, Under Secretary from the Ministry of Education.

Participants comprised of teachers and researchers, as well as representatives from the Curriculum Development Centre, National Centre for Educational Development, Teachers Education Institutes.

The workshop was conducted under UNESCO-HNA Fund-in-Trust (HFIT) “Enhancing Girls' and Women's Right to Quality Education through Gender Sensitive Policy Making, Teacher Development and Pedagogy in South, Southeast, and Central Asia.’’ 

शिक्षक शिक्षामा लैंगिक अवधारणाको मूल्यांकन सम्बन्धी कार्यशाला

युनेस्कोद्वारा ललितपुरको गोदावरीमा मार्च १–३ तारिखसम्म ‘नेपालमा शिक्षक शिक्षामा लैंगिक अवधारणाको मूल्यांकन’ सम्बन्धी क्षमता विकास कार्यशालाको आयोजना गरियो । यो कार्यक्रम लैंगिक–उत्तरदायी शिक्षक तालिम तथा व्यवसायिक विकासमा केन्द्रित भइ शिक्षा क्षेत्रमा लैंगिक समानाता हाँसिल गर्नका लागि युनेस्कोले निरन्तर रुपमा गरिरहेको सहयोगकै एक हिस्सा हो । कार्यशालाले नेपालमा शिक्षक शिक्षाका क्षेत्रमा लैंगिक अवधारणाको मूल्यांकनलाई अगाडि बढाउन आवश्यक अवधारणा, तौरतरिका र प्रक्रियाका बारेमा विस्तृत बुझाई प्रदान गरेको थियो ।

युनेस्को बैंककका नान्तावान हिण्ड्स र ली मुन यी तथा स्थानीय विज्ञ प्रमिला राजभण्डारीले कार्यशालामा सहजिकरण गर्नुभएको थियो ।

राजभण्डारीले लैंगिक मूल्यांकन अध्ययनको भूमिका, विधि र अपेक्षित परिणामहरुका बारेमा चर्चा गर्नु भयो । सहभागीहरुलाई विभिन्न छ वटा मूल्यांकन फारमहरु र प्रश्नावलीहरु मार्फत् मार्ग निर्देशन गरिएको थियो । सोधिएका प्रश्न तथा सरोकारहरु उपर हिण्ड्स र ली दुबैजनाले प्रष्ट पार्नु भएको थियो ।

सहभागी तथा विज्ञहरुलाई स्वागत गर्नका लागि कार्यक्रमको दोस्रो दिन शिक्षा विभागका निर्देशक अनप्रसाद नेउपाने उपस्थित हुनु भएको थियो । उहाँले लैंगिक समानताको प्राप्तीमा शिक्षाले खेल्ने भूमिका तथा शिक्षण सामाग्रीहरु लैंगिक संवेदनशील हुनुपर्ने आवश्कता माथि जोड दिनु भएको थियो ।

कार्यशालामा सघनरुपमा सामूहिक अभ्यासहरु सञ्चालन गरिएको थियो । शैक्षिक सिकाइ सामाग्री, कक्षाकोठा अवलोकन र विद्यालय पाठ्यपुस्तक गरी यी तीनवटा मध्ये कुनै एक विषयगत क्षेत्रमा केन्द्रित रहि उक्त विषयगत क्षेत्र लैंगिक हिसावले कत्तिको संवेदनशील छ भनि मूल्यांकन गर्न सहभागीहरुलाई विभिन्न तीनवटा समूहहरुमा बाँडिएको थियो । प्रस्तुतीकरणहरुको सहजीकरण शिक्षा मन्त्रालयका बसन्त प्रसाद कोइरालाले गर्नु भएको थियो ।

शिक्षा मन्त्रालयका उपसचिव उषा हमालले समापन मन्तव्य राख्नु भएको थियो ।

सहभागीहरुमा शिक्षक, अनुसन्धानकर्ताका साथै पाठ्यक्रम विकास केन्द्र, शैक्षिक विकास राष्ट्रिय क्रेन्द्र र शिक्षक शिक्षा संस्थाहरुका प्रतिनिधिहरु लगायत थिए ।

कार्यशाला युनेस्को–एचएनए फण्ड इन ट्रष्टद्वारा सञ्चालित “दक्षिण, दक्षिणपूर्व र मध्य एशियामा लैंगिक संवेदनशील नीति निर्माण, शिक्षक विकास र शिक्षणशास्त्र मार्फत बालिका र महिलाको गुणस्तरीय शिक्षाको अधिकार अभिवृद्धि गर्ने” कार्यक्रम अन्तरगत आयोजना गरिएको हो ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top