15.08.2017 - UNESCO Office in Kathmandu

UNESCO and Women Teachers Join Hands for Quality Education गुणस्तरीय शिक्षाका लागि युनेस्को र महिला शिक्षकहरु हातेमालो गर्दै

© UNESCO -

With increasing access to education, the emphasis on quality and equity in education delivery has been greater than ever. This is evident as we look into the Sustainable Development Goal 4 ‘’Ensure inclusive and equitable quality education and promote lifelong learning opportunities for all,’’ which places due emphasis on both these elements.

With this in mind, on 13 August, Women Teachers Forum in collaboration with UNESCO organized a training workshop on quality education.

Over 55 female head teachers from Kathmandu and guests, including the Minister of Women, Children and Social Welfare, Hon Asha Koirala, Joint Secretary of Ministry of Education, Hari Lamsal, and Director of Department of Education, Deepak Sharma attended the event.

Inaugurating the programme, Minister of Women, Children and Social Welfare, Hon Asha Koirala spoke about the role of women teachers in ensuring equitable access to quality education in Nepal.  She further expressed the vital role that honest and disciplined teaching professionals can play in building a strong educational base in the country.

Balaram Timalsina, National Professional Officer at the UNESCO Office in Kathmandu, emphasized on the need of having more women teachers in leadership positions for equitable and quality education. He also expressed UNESCO’s commitment in working towards this end. 

Including Joint Secretary Lamsal, Prof. Bashu Dev Kafle, Tribhuvan University, Lekhanath Paudel, Head of Education Review Office, Ministry of Education, presented papers on education, with a special focus on equity and quality.

The workshop was conducted under the UNESCO Malala II project.  UNESCO has been working to ensure inclusive and equitable access to quality education. It recognizes the vital role that women teachers can play in achieving this goal.

गुणस्तरीय शिक्षाका लागि युनेस्को र महिला शिक्षकहरु हातेमालो गर्दै 

शिक्षामा पुहँच बढेसँगै शिक्षाको वितरणमा गुणस्तर समतामाथि निक्कै जोड दिन थालिएको छ । यसको एउटा प्रमाण सबैका लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र जीवनपर्यन्त सिकाइका अवसरहरु प्रवर्धन गर्ने दिगो विकास लक्ष्य नं. ४ पनि हो जहाँ यी कुराहरुलाई आवश्यक महत्व दिइएको छ । 

यहि कुरालाई ध्यानमा राख्दै युनेस्कोको सहकार्यमा महिला शिक्षक फोरमले १३ अगष्टमा गुणस्तरीय शिक्षा सम्बन्धी एक दिने तालिमगोष्ठीको आयोजना ग¥यो । 

कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय  आशा कोइराला, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, शिक्षा विभागका निर्देशक दीपक शर्मा लगायतका अतिथि सहित काठमाडौँका ५५ भन्दा बढि महिला प्रधानाध्यापकहरु उपस्थिती थियो । 

कार्यक्रमको उद्घाटन गर्दै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री माननीय आशा कोइरालाले नेपालमा गुणस्तरीय शिक्षामा समतामूलक पहुँच सुनिश्चित गर्न महिला शिक्षकहरुको भूमिकाका बारेमा बोल्नु भयो । उहाँले देशमा बलियो शैक्षिक आधार निर्माण गर्नका लागि इमान्दार तथा अनुशासित शिक्षणकर्मीहरुले खेल्नसक्ने भूमिकाबारेमा थप चर्चा गर्नु भयो । 

काठमाडौँस्थित युनेस्को कार्यालयका शिक्षा प्रमुख बलराम तिमल्सिनाले समतामूलक तथा गुणस्तरीय शिक्षाका लागि अझ धेरै महिला शिक्षकहरु नेतृत्वदायी पदमा हुनुपर्नेमा जोड दिनु भयो । यसका लागि युनेस्कोको प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा सहसचिव लम्साल सहित त्रिभुवन विश्वविद्यालयका प्राध्यापक वासुदेव काफ्ले, शिक्षा मन्त्रालय अन्तर्गत शिक्षा पुनरावलोकन कार्यालयका प्रमुख लेखनाथ पौडेलले समता र गुणस्तरीयतामा केन्द्रित कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । 

 

कार्यक्रम युनेस्कोको मलाला दोस्रो चरणको परियोजना अन्तरगत सञ्चालन गरिएको हो । समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न युनेस्कोले काम गरिरहेको छ । यो लक्ष्यको प्राप्तीका लागि महिला शिक्षकले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने मान्दछ ।




<- Back to: UNESCO Office in Kathmandu
Back to top