29.01.2018 - UNESCO Office in Kathmandu

UNESCO Promotes Lifelong Learning through Six-month Vocational Training in Gulmi युनेस्कोद्वारा छ-महिने व्यवसायिक तालिमका माध्यमबाट गुल्मीमा जीवनपर्यन्त सिकाइको प्रबर्द्धन

© Resunga CLC -Participants of the sewing and tailoring training

With the aim to empower women to explore employment opportunities, UNESCO provided a six-month long vocational training programme to the women of Gulmi in collaboration with Resunga Community Learning Centre (CLC) in the district.

The participants have expressed that the training which included knitting, sewing, and weaving was helpful for them to find their source of incomes.     

“I was looking for this kind of training which can make me skilled enough to earn a living and become independent,” shared Binu Lama, a participant of the training held in January 21018 adding that she is now looking forward to open a tailoring shop by herself.  

Some 20 women involved in various non-formal education programmes at Resunga CLC were sensitised on the significance of lifelong learning through the hands-on practice of using sewing machines and manufacturing household clothing items such as cushion covers, and beddings amongst others.

Balaram Timalsina, National Professional Officer at UNESCO Office in Kathmandu stated that the skill development-training programme is crucial in bringing impactful changes in the society. He added that such training motivates the learners to develop new skills engaging in relevant lifelong learning initiatives and builds their capacities to become economically independent.

Radha Panthi, Chairperson at Resunga CLC, noted that the participants kept up their enthusiasm through the training and are now planning to either work in an existing enterprise or start tailoring enterprises of their own.

UNESCO continues to work with the CLCs and other partners to support in Nepal’s achievement of the UN Sustainable Development Goals and, in particular, the SDG 4: ‘Ensure inclusive and equitable quality education and promote lifelong learning opportunities for all’ under the Capacity Development for Education (CapED) Programme.

युनेस्कोद्वारा छ-महिने व्यवसायिक तालिमका माध्यमबाट गुल्मीमा जीवनपर्यन्त सिकाइको प्रबर्द्धन

महिलाहरुलाई रोजगारीका अवसरहरुको खोजी गर्न सशक्त बनाउने उद्देश्यले युनेस्कोले रेसुङ्गा सामुदायिक सिकाइ केन्द्रसँग मिलेर गुल्मी जिल्लाका महिलाहरुलाई छ महिने व्यवसायिक तालिम प्रदान गरेको छ ।

तालिमका सहभागीहरुले सिलाई—कटाई जस्ता गतिविधिहरु समावेश गरिएको उक्त तालिमले आफूलाई आम्दानीका स्रोतहरु खोजी गर्न सहयोग पुर्याएको धारणा व्यक्त गरेका छन् ।

जनवरीमा २०१८ मा सञ्चालित उक्त तालिमका एक जना सहभागी विनु लामाले आफू लुगा सिलाउने पसल खोल्ने तरखरमा रहेको बताउँदै “म यस्तै खालको तालिमको खोजीमा थिए जसले मलाइ जीविकोपार्जन गर्न तथा आत्मनिर्भर बन्नमा दक्ष बनाउन सकोस्” भन्नु भयो ।

रेसुङ्गा सामुदायिक सिकाइ केन्द्रमा विभिन्न अनौपचारिक शिक्षा कार्यक्रमहरुमा संलग्न करिव बीस जना महिलाहरुलाई सिलाइ मेसिनको प्रयोग गरी चकटी (क्युसन)को खोल, विछ्यौना लगायत घरायसी लुगाका सामानहरु बनाउने व्यवहारिक अभ्यासका माध्यमबाट जीवनपर्यन्त सिकाइको महत्वका बारेमा जागरुक बनाइएको थियो ।

काठमाडौँस्थित युनेस्को कार्यालयका नेशनल प्रोफेशलन अफिसर बलराम तिमल्सिनाले समाजमा प्रभावकारी परिवर्तन ल्याउनका लागि सिप विकास तालिम कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्नु भयो । उहाँले सिक्ने व्यक्तिहरुलाई यस्तो तालिमले उपयुक्त जीवनपर्यन्त सिकाइ कार्यक्रमहरुमा संलग्न भइ नयाँ सिपहरुको विकास गर्न तथा आर्थिक हिसावले स्वतन्त्र बन्न अभिप्रेरित गर्ने बताउनु भयो ।

रेसुङ्गा सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष राधा पन्थीले सहभागीहरुले तालिममा देखाएको जागरुकतालाई कायम राखेको र उनीहरुले भई राखेकै व्यवसायमा काम गर्ने कि आफैँले नयाँ सिलाइ व्यवसाय शुरु गर्ने भनेर अहिले योजना बनाइरहेको उल्लेख गर्नु भयो ।

संयुक्त राष्ट्र दिगो विकास लक्ष्य, खास गरेर ‘समावेशी एवं समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चित गरी सबैका लागि जीवनपर्यन्त सिकाइका अवसरहरुको प्रबर्द्धन गर्ने’ लक्ष्य नं. ४ को प्राप्तीमा नेपाललाई सघाउन युनेस्कोले शिक्षाका लागि क्षमता विकास कार्यक्रम अन्तर्गत विभिन्न सामुदायिक सिकाइ केन्द्रहरु तथा अन्य साझेदारहरुसँग काम गर्दै आइरहेको छ ।

 




<- Back to: UNESCO Office in Kathmandu
Back to top